News Portal

भाइरल भिडियोबारे दूतावास भन्छ- अझै पुष्टि भएको छैन

हिमालीसंचार संवाददाता
३४१ पटक

कुवेत – दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियोले यति बेला कुवेत तातेको छ। सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि सेयर गरिएको छ।

सर्बत्र चासोको बिषय बनेको उक्त भिडियोमा देखिएको दर्दनाक घटना कुवेत मै भएको र काहाली लाग्दो दृश्यमा देखिएको महिला नेपाली चेली नै भएको भन्दै चर्चा भैइरहेको छ। सामाजिक संजालमा सार्वजनिक भएको दर्दनाक भाइरल भिडियो क्लिप बारे नेपाली दूतावास कुवेतमा बुझ्दा यो समाचार तयार पार्दासम्म घटनाको आधिकारिक रूपमा पुष्टि भएको छैन।

नेपाली दूतावासले यस बिषयलाई गम्भीरता पुर्वक लिएको छ तर घटनाबारे नेपाली नै हो भन्ने कुनै पनि प्रमाणित हुने सूचना पाउन नसकिएको नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमले बनाउनु भएकोछ। पछिल्लो पटक रोजगारीको केन्द्र बिन्दु बनेको कुवेतमा नेपालीहरु आउने क्रम बढ्दो छ। केहि दिन पहिला समेत एक नेपाली चेलीको हत्या भएको भन्दै सामाजिक संजाल रङिएको थियो। त्यसको पनि अहिलेसम्म दूतावासबाट आधिकारिक रूपमा पुष्टि भएको छैन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...