आज : २०२६-०६-०५, शुक्रबार

आज पनी घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुन-चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य आज पनी प्रतितोला पाँच सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय रूपैयाँ ५० मा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। 

आइतबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।