News Portal

  • पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटमा बनाए सुविधायुक्त अस्पताल

    हिमाली संचार संवाददाता
    ११३५ पटक

    राजेन्द्र कार्की
    जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो।

    सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले बताए। उनले मंसिरभित्र अस्पतालको भौतिक पूर्वाधारका सबै काम सकिने दाबी गरेका छन्। ‘कम्तीमा एक जना एमडीजीपी गरेको डाक्टर राखेर सामान्य खालका शल्यक्रियासहित सेवा उपलब्ध गराउने तयारीमा छौं’, उनले भने।

    सांसदकै अगुवाइको संस्था कुमारी ट्रस्टले सञ्चालन गर्ने अस्पतालमा मासिक कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। डाक्टर र स्टाफका लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेरेटर राख्ने भवन पनि निर्माण गरिएको छ। भूकम्पप्रतिरोधी भवन निर्माणसँगै अस्पतालका लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाँका उपकरण पनि किनिएको छ।

    शाहले ०७० सालको निर्वाचन क्रममा जाजरकोटका जनतासँग अस्पताल निर्माण गर्ने प्रतिबद्धता गरेका थिए। व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको वाचा पूरा गर्न अस्पताल निर्माण गरेको पूर्वसांसद शाहले बताएको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप एक व्यक्ति पक्राउ

    बुटवल, भदौ ६ – रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र वितरण गर्ने कारोबारमा संलग्न...

    डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलियो, स्वास्थ्य सचेतनामै जोड

    काठमाडौँ, भदौ  ६ – वर्षा सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा...

    लिपुलेक नेपालकै भूमि हो, सरकार पछि हटेको छैन : प्रवक्ता गुरुङ

    पोखरा, भदौ ६ – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक,...

    एमाले नेतृत्वविरुद्ध विद्या भण्डारीको अडान : विकृति र विसंगतिविरुद्ध निरन्तर लडिरहने घोषणा

    काठमाडौं, भदौ ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी नेतृत्वले गरेको...

    बिधायकहरु नै खाली कागजमा सहीछाप गर्ने ?

    – कमला थापा २०८२ भदौ ६ गते शुक्रबार। राजनैतिक दलहरुमा देखिएको अराजक परिस्थितिले फेरि अर्को...