News Portal

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सक्ने प्रधानमन्त्री प्रचण्डको संकेत

हिमालीसंचार संवाददाता
२९२ पटक

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् । 

प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र टिकटक नियमनमा आउन तयार भएकाले यसमाथिको सरकारले लगाएको प्रतिबन्ध खुल्न सक्न बताए ।

‘टिकटकका दक्षिण एसिया प्रमुख फेर्दोस मोत्ताकिनसँगको अनौपचारिक कुराकानीमा उनले नेपाल सरकारसँग सहकार्य गर्न तयार भएको र टिकटकमा अब नेपाली भाषा बुझ्ने संयन्त्र पनि बनाउने जानकारी दिए’  रायमाझीका अनुसार ‘यस्तो हो भने त प्रविधिमाथि नियन्त्रण गर्न हामी पनी चाहदैनौ।’ 

टिकटकमाथिको प्रतिबन्धका विषयमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले समेत प्रधानमन्त्री दाहालसँगको भेटमा चासो राखेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयमा हाल १५ सदस्यीय समितिले विभिन्न सामाजिक सञ्जाल माथि अध्ययन गरिरहेको रायमाझीले बताए। डेढ महिनाभित्र समितिले प्रधामन्त्रीलाई प्रतिवेदन बुझाउने उनले बताए। 

समिति सदस्यहरुले यस बारे गरेको अध्ययनबारे भने उनले स्पष्ट खुलाउन चाहेनन् । नियमनकारी निकायलाई बाहिरै राखेर प्रधानमन्त्रीको कार्यालय आफैंले यस्ता विषयमा अति सक्रियता बढाएको अवस्थालाई कतिपय जानकारले भने अस्वाभाविक भएको टिप्पणी समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...