News Portal

अस्ट्रेलियादेखि अमेरिकासम्म पुग्छ नेपाली अचार

हिमालीसंचार संवाददाता
४२७१ पटक

काठमाडौं। नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो।

गत वर्षको सोही अवधिमा नेपालले ३ करोड ९ लाख ५३ हजार रुपैयाँको ५५ हजार १४४ किलोग्राम अचार निर्यात गरेको थियो।

गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा ३ प्रतिशत घटेको छ भने मूल्यमा ३० प्रतिशतले बढेको छ।

नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम (संयुक्त अधिराज्य), संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा आचार निर्यात गर्दै आएको छ।

नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अस्ट्रेलिया छ। नेपाली अचारको ६० प्रतिशत हिस्सा अस्ट्रेलिया छ।

पछिल्लो ४ महीनामा नेपालले अमेरिकामा २ करोड ५२ लाख ६५ हजार रुपैयाँको ३३ हजार १७३ किलोग्राम अचार निर्यात गरेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...