News Portal

इजरायली सेनाको आक्रमणमा रोयटर्सका पत्रकार मारिए, ६ जना घाइते

हिमालीसंचार संवाददाता
३५९ पटक

एजेन्सी। इजरायली ट्यांकका चालकले गत अक्टोबर १३ मा लेबनानमा रोयटर्सका एक पत्रकारको हत्या गरेको खुलेको छ। उक्त ट्यांकबाट दुईवटा गोली प्रहार भएको र त्यसक्रममा थप ६ जना पत्रकार घाइते भएको बताइएको छ।

दुई हमलामा रोयटर्सका भिजुअल पत्रकार ३७ वर्षीय इसाम अब्दल्लाह मारिएको र एजेन्सी फ्रान्स प्रेस (एएफपी)की २८ वर्षीय फोटोग्राफर क्रिस्टिना एसी गम्भीर घाइते भएको बताइएको छ।

यो घटना इजरायली सीमाबाट एक किलोमिटर टाढा लेबनानको अल्मा अल चाब गाउँमा भएको बताइएको छ। रोयटर्सले यस विषयमा ३० भन्दा बढी सरकारी र सुरक्षा अधिकारी, सैन्य विशेषज्ञ, फोरेन्सिक अन्वेषक, वकिल, चिकित्सक र साक्षीहरूसँग घटनाको विस्तृत विवरणका लागि कुरा गरेको बताएको छ।

उक्त क्षेत्रका आठ मिडिया आउटलेटबाट घन्टौँ लामो भिडियो फुटेज र आक्रमण अघि र पछिका सयौँ तस्बिर एवं हाइ रिजोल्युसनका स्याटेलाइट तस्बिरको समेत समीक्षा गरेको रोयर्टसले जनाएको छ।

रोयटर्सले अनुसन्धानकै लागि घटनास्थलबाट जमिनमा र रोयटर्सको कारमा गाडिएको छर्रा, तीन वटा ज्याकेट, क्यामेरा, ट्राइपड र धातुको ठूलो टुक्रा पनि संकलन गरेको बताएको छ।

सोही क्रममा इजरायली पक्षले अल जजिराको कार पनि ध्वस्त पारेको थियो। हमासले अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले जवाफी आक्रमण थालेको थियो। सोही क्रममा लेबनानको सीमानजिक हिजबुल्लाह लडाकुसँगको झडपमा इजरायली सेना थियो।

त्यसैको कभर गर्न गएका पत्रकारमाथि इजरायली सेनाले घातक हमला गरेको थियो। त्यसपछि लेबनानी प्रसारक अल मायादीनका दुई पत्रकारलाईसमेत नोभेम्बर २१ मा इजरायली सेनाले मारेको थियो।

आक्रमण पछिका दिनहरूमा इजरायलको सेनाले घटनाबारे समीक्षा गरिरहेको भनेको थियो। तर, सेनाले कुनै निष्कर्ष सार्वजनिक नगरेको रोयटर्सले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...