News Portal

  • सुन तस्करी छानबिन आयोगको टार्गेटमा पूर्वसभामुख महरा, कति जनासँग लियो बयान ?

    हिमालीसंचार संवाददाता
    २६५ पटक

    काठमाडौं। कार्यावधिको एक महिना मात्र बाँकी रहेको अवैध सुन तस्करी पैठारी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने भएको छ।

    गत असोजमा गठित आयोगले महरापुत्र राहुलसँग पनि बयान लिएको छ। हालसम्म २२ जनाको बयान लिएको आयोगले सुन तस्करी प्रकरणमा जोडिएकालाई एक साताभित्र बयान लिएर प्रतिवेदन बनाउने तयारी गरेको छ।

    आयोगले अर्को चरणमा कारागारमा रहेका चिनियाँ नागरिकहरूको बयान लिनेछ र त्यसका लागि दोभाषे खोज्ने काम भइरहेको बताइन्छ।

    आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि अनुगमन गरेको छ। यस्तै सुन तस्करी हुने नाकाको पनि भ्रमण गरेर जानकारी लिएको आयोगका अधिकारी बताउँछन्।

    विशेष गरेर गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ६०.७१६ केजी सुन भित्रिएपछि सर्वत्र विरोध भएपछि सरकारले सुन तस्करी छानबिनका लागि आयोग बनाएको थियो।

    आयोगले सुन तस्करीको छानबिन गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयार पारेको प्रतिवेदनसहितको अध्ययनपछि काम थालेको थियो।

    एक अधिकारी भन्छन्,‘हामीले तस्करी प्रकरणमा प्रहरीले गरेको प्रगतिको अध्ययन गरेर काम थालेका हौं, बयान लिने क्रम जारी रहेको छ। समय कम भएका कारण फटाफट काम गरिरहेका छौं।’

    यसअघि पनि साढे ३३ किलो सुन तस्करी प्रकरणपछि छानबिन आयोग बनेको थियो। आयोगको प्रतिवेदनका आधारमा नै धेरैलाई पक्राउ गरिएपनि पछि अदालतले छाडेको थियो। उक्त प्रकरणसहित संगठित अपराधमा संलग्न रहेको चुडामणि उप्रेती गोरेलाई मात्र सजाय भएको थियो।

    नेपाललाई ट्रान्जिट बनाएर हङकङ, दुबईबाट सुन तस्करी गरी भारतमा पैठारी हुँदै आएको जानकारहरू बताउँछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...

    सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

    काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ...