News Portal

सुन तस्करी छानबिन आयोगको टार्गेटमा पूर्वसभामुख महरा, कति जनासँग लियो बयान ?

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं। कार्यावधिको एक महिना मात्र बाँकी रहेको अवैध सुन तस्करी पैठारी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने भएको छ।

गत असोजमा गठित आयोगले महरापुत्र राहुलसँग पनि बयान लिएको छ। हालसम्म २२ जनाको बयान लिएको आयोगले सुन तस्करी प्रकरणमा जोडिएकालाई एक साताभित्र बयान लिएर प्रतिवेदन बनाउने तयारी गरेको छ।

आयोगले अर्को चरणमा कारागारमा रहेका चिनियाँ नागरिकहरूको बयान लिनेछ र त्यसका लागि दोभाषे खोज्ने काम भइरहेको बताइन्छ।

आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि अनुगमन गरेको छ। यस्तै सुन तस्करी हुने नाकाको पनि भ्रमण गरेर जानकारी लिएको आयोगका अधिकारी बताउँछन्।

विशेष गरेर गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ६०.७१६ केजी सुन भित्रिएपछि सर्वत्र विरोध भएपछि सरकारले सुन तस्करी छानबिनका लागि आयोग बनाएको थियो।

आयोगले सुन तस्करीको छानबिन गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयार पारेको प्रतिवेदनसहितको अध्ययनपछि काम थालेको थियो।

एक अधिकारी भन्छन्,‘हामीले तस्करी प्रकरणमा प्रहरीले गरेको प्रगतिको अध्ययन गरेर काम थालेका हौं, बयान लिने क्रम जारी रहेको छ। समय कम भएका कारण फटाफट काम गरिरहेका छौं।’

यसअघि पनि साढे ३३ किलो सुन तस्करी प्रकरणपछि छानबिन आयोग बनेको थियो। आयोगको प्रतिवेदनका आधारमा नै धेरैलाई पक्राउ गरिएपनि पछि अदालतले छाडेको थियो। उक्त प्रकरणसहित संगठित अपराधमा संलग्न रहेको चुडामणि उप्रेती गोरेलाई मात्र सजाय भएको थियो।

नेपाललाई ट्रान्जिट बनाएर हङकङ, दुबईबाट सुन तस्करी गरी भारतमा पैठारी हुँदै आएको जानकारहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...