News Portal

कुवेतको नेपाली स्थानिय मिडियालाई दिँदैन सूचना नेपाली दूताबास कुवेत

हिमालीसंचार संवाददाता
४९३ पटक

कुवेत – सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ। सूचनाको हकको प्रत्याभुतिको सार्थकता पुष्टि नहुने भएकोले भौतिक रुपमा त्यस्ता सूचनासम्म नागरिकको पहुँच हुन आवश्यक हुनाले नागरिकलाई सूचनाको हकको सार्थक प्रत्याभुतिका लागि राज्यले सवैंधानिक रुपमा सुनिश्चित गर्नुपर्दछ।

सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता, खुलापन र जिम्मेवारी बोध जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य हुन्छ। सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनमा प्रभावकारी ल्याई राज्यका अगं र सार्वजनिक निकायहरू जनताप्रति उत्तरदायी, संवेदनशील र सक्रिय बनाउन सकेको खण्डमा गोपनीयताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्रमा परिवर्तन ल्याई जनउत्तरदायी, पारदर्शी, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन मद्दत पुग्दछ।

कुवेतमा काम गर्ने नेपालीहरुको संख्या १ लाखको हाराहारीमा पुगेको छ। अनि त्यसलाई थेग्न नेपाली दूतावासलाई पनि हम्मेहम्मे परेको छ।

कुवेतबाट सञ्चालित मिडियाले सूचनाको माग बारम्बार कुवेतस्थित नेपाली दूतावासमा माग गरेपनि नेपाली दुताबास कुवेतबाट भने सूचना पाइँदैन। नेपाली दुताबास कुवेतले दिनुपर्ने सूचना कहिल्यै पनि उपलब्ध गराउन सकेन। अनि नेपाली दुताबास कुवेतले कुवेतबाट संचालित मिडियाहरुलाई किन सूचना दिँदैन ?

हिजो नेपालबाट प्रशारित एक मिडियामा प्रकाशित समाचारमा कुवेतमा ५७ जना नेपाली जेलमा भनेर समाचार आयाे। तर कुवेतको नेपाली मिडियालाई कुनै पनि सुचना दिन चाहँदैनन् ? यतिबेला सूचना प्रविधिको हकमा विश्व नै अगाडि छ भने, कुवेतस्थित नेपाली दुतावास भने सही सूचना दिएर सूचित गर्नमा केही पछाडि नै देखिन्छ।

आजको युग सूचनाको युग हो । ‘ज्ञान नै शक्ति हो’ भन्ने भनाइ ‘सूचना नै शक्ति हो’ भन्नेमा परिवर्तित भइसकेको छ। विश्वले सूचनालाई नै ज्ञानको रूपमा आत्मसात् गरेको छ। धेरै राष्ट्रले सूचनाको हकलाई अभिव्यक्ति स्वतन्त्रताको हकसँगै अगाडि बढाएको पाइन्छ। मानव अधिकारको विश्वव्यापी घोषणाले समेत सूचनाको हकलाई नैसर्गिक मानव अधिकारको रूपमा परिभाषित गरेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...