News Portal

भारतको उत्तरकाशी सुरुङमा फसेका मजदुरको १७ दिनपछि सकुशल उद्धार

सुरुङमा फसेका ४१ जना कामदारहरुको स्वास्थ्य परिक्षण गर्दै

हिमालीसंचार संवाददाता
३०२ पटक

उत्तराखण्ड – भारतको उत्तरकाशी सुरुङमा १७ दिन अधि फसेका ४१ जना मजदुरको सकुशल उद्धार गरिएको छ। भारतका उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औं दिनमा सबै कामदारलाई सकुशल उद्धार गरेको जनाएको छ ।

सुरुङमा फसेका मजदुरहरुका लागि विशेष स्वागत गर्न उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र केन्द्रीय मन्त्री भीके सिंह उद्धार स्थल पुगेका थिए । उनीहरुलाई फूलको माला सहित ताली बजाएर न्यानो स्वागत गरिएको थियो ।

त्स्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरहरुको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिएका छन् । प्रम मोदीले लेखेका छन्- ‘उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको छ।’

सुरुङ दुर्घटना करिब १७ दिन अघि दीपावलीको दिन भएको थियो । त्यति बेला यी मजदुरहरू यो सुरुङमा काम गरिरहेका थिए। तर सुरुङ भित्र पसेपछि मजदुरहरू ६० मिटर लामो भग्नावशेषको  पर्खालमा फसेका थिए । त्यसपछि क्रमशः भग्नावशेष हटाउने  दुर्तगतिमा काम सुरु भयो । यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको परामर्श तथा आवश्यक सहयोग समेत लिइएको थियो ।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...