News Portal

१६ महिनादेखि अस्पतालमा अचेत रहेकी तुलसालाई कुवेत राजदूतावासले फर्कायो

हिमालीसंचार संवाददाता
२०७ पटक

कुवेत–  कुवेतको आदान अस्पतालमा १६ महिनादेखि उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ ।
१६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचार गराइरहेकी तुलसालाई कुवेतस्थित नेपाली राजदूतावासले उद्धार गरेर स्वदेश फर्काएको हो ।
झिमरुक गाउँपालिका-५ ओखरपुर प्युठान घर भएकी तुलसालाई स्वदेश फर्काउन राजदूतावासले लामो समयको पहल गरेको थियो । राजदूतावासको अथक प्रयासमा पार्वती भुजेल नाम गरेकी नेपाली साथमा उद्धार गरेर स्वदेश फर्काउन सफल भएको राजदूतावासका प्रथम सचिव प्रेम गौतमले  जानकारी दिए ।
उनलाई गत कात्तिक २२ गते कुवेत एयरवेजको उडानमार्फत स्वदेश पठाइएको हो ।
बिगत २ बर्षको भिसा समाप्त भए पश्चात् अबैधानिक बन्न पुगेकी तुलसालाई राजदूतावासले उद्धारको पहल गरेको हो ।
उद्धार पश्चात् तुलसाको काठमाडौंको वीर अस्पताल हुँदै हाल काभ्रेको बनेपास्थित थेरापी सेन्टरमा उपचार भैरहेको छोरी सीता जिसीले जानकारी दिइन् ।
घरेलु कामदारको रुपमा करिब ४ बर्ष पहिले कुवेत पुगेकी उनी एक्कासी हराएकी थिइन् । बेखबर बनेकी तुलसाको खोजबिन गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै भन्दै नेपालबाट परिवारले राजदूतावासमा पत्र पठाएको थियो । खोजी गर्दै जाँदा उनी अस्पतालको वेडमा भेटिएकी हुन् ।
छोरी सीताकाअनुसार तुलसा एक्कासी ढलेर बेहोस् भएकी थिइन् । त्यसपश्चात् उनलाई अस्पताल पुर्याएर मस्तिष्कको अप्रेसन गरिएको थियो । तुलसाको स्वास्थ्यमा अझै सुधार हुन सकेको छैन । अहिले उनलाई प्यारालाइसिस भएको छ भने शरीरको एक भाग चल्दैन । उनि बोल्न सक्दिनन् तर इसारा भने बुझ्ने सम्म भएकी छोरी सीताको भनाइ छ ।
आमाको उपचारमा आर्थिक अभाब भएपछि सीता विभिन्न सामाजिक संघ-संस्था र सरकार सामु सहयोगको लागि धाइरहेकी छन् ।
यसअघि पनि ३२ महिनादेखि अस्पतालमा उपचार गराइरहेकी चितवनकी आशा परियारलाई कुवेतबाट नेपाल फर्काइएको थियो । परियार २१ महिने अवैध छोरीलाई लिएर व्हिलचियरमा स्वदेश फर्किएकी हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...