News Portal

१६ महिनादेखि अस्पतालमा अचेत रहेकी तुलसालाई कुवेत राजदूतावासले फर्कायो

हिमालीसंचार संवाददाता
२४१ पटक

कुवेत–  कुवेतको आदान अस्पतालमा १६ महिनादेखि उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ ।
१६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचार गराइरहेकी तुलसालाई कुवेतस्थित नेपाली राजदूतावासले उद्धार गरेर स्वदेश फर्काएको हो ।
झिमरुक गाउँपालिका-५ ओखरपुर प्युठान घर भएकी तुलसालाई स्वदेश फर्काउन राजदूतावासले लामो समयको पहल गरेको थियो । राजदूतावासको अथक प्रयासमा पार्वती भुजेल नाम गरेकी नेपाली साथमा उद्धार गरेर स्वदेश फर्काउन सफल भएको राजदूतावासका प्रथम सचिव प्रेम गौतमले  जानकारी दिए ।
उनलाई गत कात्तिक २२ गते कुवेत एयरवेजको उडानमार्फत स्वदेश पठाइएको हो ।
बिगत २ बर्षको भिसा समाप्त भए पश्चात् अबैधानिक बन्न पुगेकी तुलसालाई राजदूतावासले उद्धारको पहल गरेको हो ।
उद्धार पश्चात् तुलसाको काठमाडौंको वीर अस्पताल हुँदै हाल काभ्रेको बनेपास्थित थेरापी सेन्टरमा उपचार भैरहेको छोरी सीता जिसीले जानकारी दिइन् ।
घरेलु कामदारको रुपमा करिब ४ बर्ष पहिले कुवेत पुगेकी उनी एक्कासी हराएकी थिइन् । बेखबर बनेकी तुलसाको खोजबिन गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै भन्दै नेपालबाट परिवारले राजदूतावासमा पत्र पठाएको थियो । खोजी गर्दै जाँदा उनी अस्पतालको वेडमा भेटिएकी हुन् ।
छोरी सीताकाअनुसार तुलसा एक्कासी ढलेर बेहोस् भएकी थिइन् । त्यसपश्चात् उनलाई अस्पताल पुर्याएर मस्तिष्कको अप्रेसन गरिएको थियो । तुलसाको स्वास्थ्यमा अझै सुधार हुन सकेको छैन । अहिले उनलाई प्यारालाइसिस भएको छ भने शरीरको एक भाग चल्दैन । उनि बोल्न सक्दिनन् तर इसारा भने बुझ्ने सम्म भएकी छोरी सीताको भनाइ छ ।
आमाको उपचारमा आर्थिक अभाब भएपछि सीता विभिन्न सामाजिक संघ-संस्था र सरकार सामु सहयोगको लागि धाइरहेकी छन् ।
यसअघि पनि ३२ महिनादेखि अस्पतालमा उपचार गराइरहेकी चितवनकी आशा परियारलाई कुवेतबाट नेपाल फर्काइएको थियो । परियार २१ महिने अवैध छोरीलाई लिएर व्हिलचियरमा स्वदेश फर्किएकी हुन् ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...