News Portal

किसान टेड्रिग नेपालगञ्जमा एम.जी मोटर्सले ल्यायोे ग्राहकमैत्री स्कीम

हिमालीसंचार संवाददाता
४१२ पटक

बाँके। पश्चिम नेपालको औधोगिक र सम्भावना बोकेको शहर नेपालगंजमा किसान टेड्रिग कन्सर्नले विश्व अटो मोबाइल दुनिया आफ्नो छाप बनाउन सफल र नेपाल एवम भारतमा सर्वाधिक रुचाइएको एम.जी मोटर्सका इभी मोटरहरु भित्र्याउन सफल भएको छ।

किसान टेड्रिग नेपालगञ्जका एम.जी मोटर्सको आधिकारिक बिक्रेता हो। अटो मोबाइलमा तीन दशक भन्दा लामो गर्विलो इतिहास र अनुभव बोकेको किसान टेड्रिग कन्सर्न मुलुकको पश्चिममा भेग अटो मोबाइल जगतमा सबै भन्दा पुरानाहरु मध्ये सफल समुह हो।

विश्व जगत र नयाँ जेनेरेशनको अटो पारखीहरु ईभी नै पहिलो प्राथमिकतामा पर्दछ। वातावरण मैत्रीपुर्ण यिनी मोटरहरु सुष्म अध्ययनपश्चात यसलाई नै मध्यनजर गरी नेपाल आएको झण्डै तीन वर्षपछि एम.जीले जेडएस ईभीमा ग्राहकमैत्री स्कीम दिएको छ।

चाडपर्वलाई लक्षित गर्दै जेडएस ईभीमा ‘एमजी ड्राइभ, फेस्टीभ भाइब’ नाम स्कीम दिएको किसान टेड्रिगका डाइरेक्टर मसकुर अहमदले जनाएका छन। उक्त स्कीममा ग्राहकले २ लाखसम्मको प्रत्येक्ष लाभ लिन सक्ने कम्पनीको दावी छ।

जेडएस ईभी किन्नेलाई पहिलो पटक इन्स्योरेन्स, स्पेयर टायर, ७ किलोवाटको चार्जर दिने कम्पनीले जनाएको छ। कम्पनीले यसमा नगद छुटको स्कीम भने दिएको छैन। यस एम.जी मोटर्सको शोरुम नेपालगञ्जको राझाँ चोकमा अवस्थित छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...