News Portal

कुवेतमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरीसहित नेपाल फर्किईन

हिमालीसंचार संवाददाता
३४४ पटक

कुवेत – फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ।

लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी परेपछि बिगत लामो समय देखि फर्वानिया अस्पतालमा उनको उपचार चलिरहेको थियो। टाउकोमा गम्भीर समस्या देखिएपछि अप्रेसनसमेत गरिएको अस्पतालले जनाएको छ।

उपचारकै क्रममा छोरीको जन्म दिएकी आशा अझैसम्म बोल्न सक्दिनन। २०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिहरुले अस्पतालमा पहिलो पटक भेट गरेका थिए।

तत्तपश्चात् नेपाली दूतावास कुवेतले उनको उद्वार गर्न निक्कै प्रयास गरेको थियो। नेपाली दूतावासको सक्रियता, एनआरएनए कुवेतको फ्लोअप र पछिल्लोपटक चितवन् सेवा समाजको पहलमा आमा छोरीकै उद्वार गरिएको चितवन समाजका संरक्षक नबिन लोप्चनले  जानकारी दिए।

नेपाली दूतावासका सिराज अहमद महम्मदले बिरामीको उद्वारका लागि सक्रियतापुर्वक समन्वय गरेका थिए। अब उनलाई नेपालमा एक सामाजिक संस्था AMRIT SAR Organisation (Amritsar social Organisation) संरक्षणमा राखिने बताउदै बिरामी आशाका आमाछोरीसहित नेपाल पुर्याउन गएका राजु गोले तामाङले सामाजिक संस्थाको प्रतिनिधिहरुलाई उनीहरुको संरक्षणको लागि हस्तान्तरण गरिसकेको एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...