News Portal

  • गीतकार मंगल राईको ‘घाम छाँया’ सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३९५ पटक

    काठमाडौं – गीतकार मंगल राईको पूर्वेली लोक गीत ‘घाम छाँया-यो दुई दिने चोला’सार्वजनिक गरिएको छ।

    गीतकार राईको शब्द रचना, युवा संगीतकार प्रीयजन राईले संगीत भरेका पूर्वेली लोकभाकामा आधारित गीतमा राजेश पायल राई र मन्मा बिराईको संयुक्त आवाजमा सुम्निमा पारुहाङ म्यूजिक प्रालि यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। 

    सार्वजनिक गीतलाई मनोज साङसन राईले ऐरेन्ज गरेका छन भने संगीतकार प्रीयजन राईको निर्देशन र आशिष राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा’, सीता राई, अनुप राउत, शिसम राई लगायतको मुख्य अभिनय रहेको छ । 

    सार्वजनिक म्युजिक भिडियोमा ड्रोनमा भिम बहादुर तामाङ, छायांकन, सम्पादन र कलरको काम गंगाराम राईले गरेका रुन । पूर्वको तेह्रथुम, इटहरी, धनकुटा, र धरान लगायतका पूर्वी भेगमा छायांकन गरिएको गीतको म्युजिक भिडियो विहिबार ललितपूरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार एवम् संस्कृतिविद् जितेन राईले भिडियो सार्वजनिक गरेका थिए ।

    उक्त म्युजिक भिडियो हेरेपछि संस्कृतिविद् राईले गीत अनुसारको उत्कृष्ट भिडियो बनेको टिप्पणी गरे गीतमा आबद्ध कलाकर्मीहरुको प्रशंसा गर्दै उनले गीत संगीतले समाज बोल्न सक्नुपर्नेमा जोड दिए । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा गीत र भिडियोमा आबद्ध कलाकार र विभिन्न संघसंस्थाहरुका प्रमुखहरुको उपस्थिति रहेको थियो।

    गीतकार तथा सुम्निमा पारुहाङ म्यूजिक प्रालिका अध्यक्ष मंगल राईले गीत संगीतको श्रीबृद्धिको निरन्तरताका रुपमा ‘घाम छाँया–यो दुई दिने चोला’सार्वजनिक गरिएको बताए । गीतकार राईले यसअघि ‘गाईघाट बजार’, ‘मायाको ओखती’लगायतका चर्चित गीतहरु बजारमा छन् ।

    म्युजिक भिडियो यहाँ हेर्नुस्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...