News Portal

संखुवासभाको खाँदबारीमा ११५ औं देवकोटा जयन्ती मनाइयो

नबराज राई
४२३ पटक

संखुवासभा २६, २०८० कार्तिक। मकालु साहित्य समाज संखुवासभाले ११५ औं महाकवि देवकोटा जम्मजयन्ती मनाएको छ। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्मजयन्तीको अवसर पारी खाँदबारीको देवकोटा चोकमा शुभकामना आदानप्रदान तथा माध्यमिक स्तरीय बाल कविता प्रतियोगिताको आयोजना गरी देवकोटाको जन्मजयन्ती मनाइएको हो।

सो अवसरमा देवकोटाको शालिकमा माल्याअर्पण गरी देवकोटाको योगदानको चर्चा गर्दै महाकवि देवकोटाको स्मरण गरिएको थियो। कविता प्रतियोगितामा विभिन्न विद्यालयका सात जना विद्यार्थीहरुले देवकोटा सम्बन्धी कविता वाचन गरेको थिए।

प्रतियोगितामा हिमालय मावि खाँदबारीका सौजन कट्टेल प्रथम र महेन्द्र मावि मानेभन्ज्याङ्का उमा बानिया र लक्ष्मी बानिया क्रमश: द्वितीय र तृतीय भएका छन्। बिजेताहरुलाई नगद पुरस्कार प्रदा नगरिएको थियो। सो अवसरमा सारङ्गी बादक बमबहादुर गन्दर्वलाई सम्मान गरिएको थियो।

मकालु समाजका अध्यक्ष तथा साहित्यकार ताराबहादुर बुढाथोकीको सभापतित्व तथा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, विभिन्न कार्यालयका प्रतिनिधिलगायत विभिन्न कलाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

खाँदबारी नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा संचालित कार्यक्रममा कार्यक्रमको आयोजनामा सक्रिय सहयोग गर्दै आएको भन्दै कोटगाउ, हिमालय र देवकोटा टोल विकास संस्थाका जाँगरुक महिला समुहलाई सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय स्रष्टा र सर्जकहरुले गीत, कविता तथा नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न व्यक्तित्वहरुले शुभकामना मनतब्य राखेका थिए। मकालु साहित्य समाजले हरेक बर्ष देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...