News Portal

  • लघुकथा – गर्भको रहस्य !

    हिमाली संचार संवाददाता
    ३४९ पटक

    – राजु क्षत्री अपुरो

    २ बर्षदेखि नरोकिएको मासिक धर्म अकस्मात रोकिन पुगेपछि उ एकाएक खुशी देखिई । उसले आफुले गर्भ धारण गरेको चाल पाइसकेकी थिई । तर कसरी? ऊ अचम्मित भई । उसलाइ राम्रोसँग हेक्का छ,सहबासको क्रममा आफ्नो श्रीमानको यौनाङ्ग त्यति प्रयाप्त थिएन जति हुनुपर्ने थियो। उसले निकै बेर दिमागमा जोर लगाई ।

    ऊ कक्षा ११ मा पढ्दा देखि नै रबिन भन्ने केटा सँग हिमचिम बढेको थियो। ऊ १२ पास गरेपछि उसँग बिहे गर्न चाहान्थी। १२ पासपछि शहरमा राखेर कलेज पढाउने उसको बाबुआमाको हैसियत थिएन । आमा रोगी थिइन् । भाइ सानै थियो। जग्गा जमिन त्यति थिएन । दैनिक मजदूरीबाट बाउले जसोतसो परिवारको पेट पाल्ने र एकसरो लाउने खर्च सम्म धानेका थिए।

    उसको जीवनमा ब्रजपात तब पर्यो जब बिबाहको लालच दिएर रबिनले थुप्रैपटक उसको कुमारित्व लुटिसकेपछि चटक्क छाडेर अर्कि सँग टाँसिन पुग्यो । उसको सपना चकनाचुर भएपछी धेरै दिन रोएर बस्न बाध्य भई । गाउँमा उसको चर्चा हुन थालेको थियो। मेलापातामा पनि उसकै चर्चा हुन्थ्यो। यस्तै चर्चाबाट खवर पाएकी शोभाले उसलाइ आफ्नो बुहारी बनाएर घर भित्र्याइदिएपछी सबैको मुखमा बुझो लगाइदिएकी थिइन । एक महिना अघिको कुरा त हो नि । श्रीमान जागीरमा फर्केका थिए । सासुआमा ससुरालाइ लिएर त्यो रात कतै गएकी थिईन । बिहान उठ्दा टाउको गरुङ्गो र शरीरको अङ्गहरू दुखिरहेको थियो।

    ‘अबदेखी गाह्रो काम नगर्नु म सहयोग गरुँला नि ‘भन्दै दूधको गीलास दिइन् सासूआमाले । बुहारीका क्रियाकलापबाट बेखवर थिइनन् उनी । “तर आमा यो कसरी हुन गयो ?” भनेर वाक्य खस्न नपाउँदै पिँडिको डिलबाट उनी खुशिले चिच्याउन थालिन् ‘ ए गाम्ले सतुरहरू हो! आजबाट मेरी बुहारीलाई बाँझी भनेर मेलापातमा कुरा काटौला नि ! ऊ भने टोलाउँदै सोच्न थाली – ” त्यसदिन सासुआमाले भाङ मिसाएर छाडेको हलुवा पनि निकै मीठो थियो। भाङ नमिसाइकन छाडेकी भएपनी मलाइ नयाँ जीवन दिने सासुआमालाइ के नै भन्थेँ र ? गाउँलेको मुखमा बुझो लगाउन म जे गर्न पनि तयार थिएँ । आ~~~~ जेसुकै होस, गर्भको रहस्य गर्भ मै रहोस ।

    प्रतिकृया दिनुहोस्

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    सशस्त्र प्रहरीले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान

    सप्तरी। बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो। कन्चनरुप नगरपालिका–१ स्थित बैरवाको उत्तर...

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal