News Portal

गैरआवासीय नेपाली संघको अल्वानीया एनसीसी गठन, आशिका बिक अध्यक्षमा चयन

हिमालीसंचार संवाददाता
२९६ पटक

कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत ५ नोभेम्बरमा अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले आउँदो डिसेम्बर २०२३ सम्म सबै देशहरुमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरे अनुसार अल्वानीया राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन भएको छ।

अल्वानीयामा बसोबास गर्ने एनआरएनहरुको ८ नोभेम्बर २०२३ को भेलाले एनआरएनए एनसीसी अल्वानीय गठन गरेको हो।

भेलामा एनआरएनए आइसीसी सचिव धर्मराज खतिवाडा, एनआरएनए युरोप संयोजक (आरसी) उल्का घिमिरे, एनआरएनए एनसीसी क्रोयसीया सल्लाहकार दावा लामाको समेत उपस्थिति रहेको थियो।

भेलाले अध्यक्षमा आशिका बिक, महासचिव आशुष पाठक र कोषाध्यक्षमा उर्मिला राईलाई चयन गरेको छ।

अब मान्यताको पत्र प्रदानपछि एनआरएनए एनसीसी अल्वानीयाले बाँकी पदमा पूर्णता दिएर सदस्यता वितरण गर्दै छिट्टै अधिवेशनद्वारा नयाँ नेतृत्व समेत चयन गर्ने गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...