News Portal

  • रंगेली अस्पताल ३ महिना देखि अाैषधिकाे अभाव, पिउने पानीबाट पनि बिरामी बन्चित !

    हिमाली संचार संवाददाता
    ७४१ पटक

    रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा भवन निर्माण भएपछि यस भेगका सर्वसाधारणहरु खुसिले दङ्ग भए तर पनि रंगेली अस्पतालमा डाक्टरकाे अभावले उपचारका लागि रंगेली देखि २२ किलोमिटर रहेको बिराटनगरका विभिन्न अस्पतालमा उपचार गराउन जान बाध्य छन ।

    नेपाल सरकारले सम्पूर्ण सरकारी अस्पतालमा ७० प्रकारकाे अाैषधी नि:शुल्क गर्ने भनेर कागजकाे पानामा घाेषणा गरेता पनि रंगेली अस्पतालमा भने तीन महिना देखि सिटामाेल समेत उपलब्ध छैन । दवाईत छैन छैन तर बिरामीहरुले बिगत एक बर्ष देखि शुद्ध खानेपानीबाट समेत बन्चित हुनुपरेको छ । अस्पतालमा रहेको फिल्टर समेत बिग्रीएको र समयमै मर्मत संभार नहुदा एक बर्ष देखि शुद्ध खानेपानी नहुदा बिरामी तथा बिरामी कुरुवाहरुले टुवेल(कल) काे अार्सनिक पानी पिउन बाध्य छ । भने बजारमा पाईने मिनरल वनटर पानी किनेर खानुपर्ने बाध्यता रहेको छ । अस्पतालमा उपचार गराउन अाउने सर्वसाधारणहरुले नत शुद्ध पानी नै पिउन पाउछन् नत सरकारले दिने गरेको निशुल्क अाैषधी पाउँछन् । सरकारी अस्पतालमा नाम मात्रै सिमित छ काम भने हेल्पाेष्ट भन्दा बेकामे भएको बिरामीहरु बताउँछन् । सरकारी अस्पताल भन्ने बितिकै सम्पन्न घरपरिवारहरु उपचारमा अाउदैन्न सरकारी अस्पतालमा अधिकान्स विपन्न तथा गरिव घर परिवारका सर्वसाधारण उपचार गराउन अाउने स्थान हाे । तर उनिहरु पनि सेवा र सुविधा नभएका कारण निजी अस्पतालमा उपचार गराउनका लागि जान बिवस छन ।

    यस अस्पतालमा रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँ पालिका, सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारकाेे कुर्साकट्टा, कुवाडि, सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने गरिव घर परिवारका सर्वसाधारणहरुले सेवा लिदै अाएका छन । अस्पतालकाे मुख्य गेटमा ७० प्रकारको अाैषधिकाे नाम लिस्ट जाे काेहिले देख्छन तर अाैषधिकाे नाममा भने सिटामाेल समेत पाउदैनन् । देश बिदेशी संस्था नेपालमा स्वास्थ्यकाे नाममा करोडौं रुपैयाँ खर्च गरेता पनि त्याे भने बालुवामा पानी हाले जस्तो भएको पाईन्छ । नेपाल सरकारले गर्भवती महिलाहरु गर्भवती भएकाे समय देखि उपचार गर्नेका लागि सरकारी अस्पतालमा सबै कुरा निशुल्क गर्ने भनेर भनेता पनि रंगेली अस्पतालमा भने गर्भवती महिला हरुलाई सबै प्रकारकाे रकम समेत उठाउने गरेका छन । गर्भवती महिलाले सुत्केरी भएपछि यातायात खर्च बापत पाउने रकम समेत नदिने गरेकाे पाईएकाे छन ।

    रंगेली नगरपालिका ७ घर भएका बिक्रम मंन्डलले अाफ्नाे श्रीमतीलाई सुत्केरी गराउन भदौ १५ गते रंगेली अस्पताल पुर्‍याए तर उनले प्रस्तुति बिभागमा लगे तर उनले सुत्केरी गराउनका लागि ब्लड चेकजाँच गर्ने भन्दै १२ सय रुपैयाँ तिर्नुपर्याे । केहीदिन पछि अस्पतालले प्रसुतिलाई डिर्चाज पनि गर्ये नेपाल सरकारले प्रसुति अावतजावत यातायात खर्च बापत १ हजार रुपैयाँ पाउनु पर्ने हाे तर बारम्बार अस्पताल धाए तर दुई महिना बितिसक्दा समेत उनले यातायात खर्च पाएनन् । अाफुले बारम्बार फाेन गरेता पनि अस्पताल प्रसाशनले अाज भाेली मात्रै भनेर पन्छिन खाेजेकाे मंन्डलले अाराेप लगाए । पढेलेखेका सर्वसाधारण हरुलाईत अस्पतालले यति दुख्ख दिने गरेकाे छ भने गरिव र साेझासाझा सर्वसाधारणहरुले कतिकाे दुख पाउछन हाेला सहजै अनुमान गर्ने सकिन्छ ।

    अस्पतालमा सम्पूर्ण सामान सहित एन अाईसु, अाईसु समेत जडान भएको छ तर दक्ष्य प्राबिधिक नभएको कारणले उक्त सामानहरु बेकामे बनेकाे छ । मेसु सहित ४५ जनाकाे दरबन्दी रहेता पनि अस्पतालमा रहेता पनि अहिले २० जना मात्रै कार्यरत रहेका छन । जस मध्ये नासु १ जना, स्टाप नर्स ८ जनामा १ जना, एचए २ जनामा १ जना र १ जना बिदामा पढाइमा गएका छन। त्यसैगरी अहेव ४ जनामा १ जना, अनमी ४ जनामा सबै कार्यरत रहेका छन । लेखा पाल १ जना, सरुवा भएता पनि हाल सम्म नभएको, स्टाेर किपर खाली ,प्रसाशन नासु खाली ,रेडियो ग्राफर ५ जना मा ३ जना मात्रै रहेका छन । सरकारले अस्पताल परिसर भित्रेे फर्मेसी खाेल्नका लागि २ लाख रुपैयाँ रकम समेत उपलब्ध गराएता पनि एक महिना फर्मेसि संन्चालन गरेको भएता पनि कर्मचारी अभावका कारण फर्मेसी बन्द हुन पुग्याे । सरकारले दिएकाे रकमबाट खरिद गरेकाे अाैषधी यहि डिसेम्बरमा अाैषधीहरु डेटस्पाईर हुने स्राेतले बतायाे ।

    स्राेतका अनुसार अहिले वजारमा रहेका हरेक प्रकारका औसधि कम्पनीले डाक्टरहरुलाई प्रलोभनमा पारेर डाक्टरहरुले अस्पतालमा रहेका औसधि नलेखेर वजारमा बिक्री हुने औसधि लेख्ने गरेका कारण औसधिहरु डेटस्पाईर हुने गरेकाे स्राेतले बतायो । अस्पतालमा निशुल्क दवाई बितरण हुदा दैनिकी १ सय देखि १ सय ५० सम्म सर्वसाधारणहरुले उपचार गराउदै अाएक थिए । अस्पतालेे दैनिकी ४० देखि ५० हजार रुपैयाँकाे अम्दानी गर्ने गरेको थियोे । ३ महिना अगाडि निशुल्क औसधि सकिएपछि अहिले दैनिकी ६० देखि ८० जना बिरामीहरु मात्रै उपचारमा अाउने गरेका छन ।

    अस्पतालकाे अाम्दानी समेत घटेर गएकाे प्रसानले जनाएको छ । अस्पतालले बिरामीहरुलाई दिईने पुर्जिमा अापिडि सेवा बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म हुने भनेर जानकारी गराएता पनि opd कक्षमा डाक्टर हरु ११ :३० बजे मात्रै अाएर उपचार सुरु गर्ने गरेकाे र १ बजे नै डाक्टरहरु नपाईने गरेको बिरामीहरु बताउँछन् । डाक्टरहरुकाे बिरामीलाई सेवा दिने समयमा नत डाक्टरकाे ड्रेस नै हुन्छ नत उनिहरुकाे कुनै परिचय कार्ड नै देखिन्छ । डाक्टर हुन या बिरामी छुट्याउनै सर्वसाधारणहरुलाई हम्मेहम्मे पर्ने गरेको छ ।

    यस बिषयमा रंगेली नगरपालिका मेयर दिलिप बगडियाले भने मिडिया मार्फत सरकारी अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गरेको सुनेकाे छु तर अहिलेसम्म कुनै पनि अाधिकारी परिपत्र नअाएकाे र तीन महिना अगाडि देखि बिकास समिति समेत भङ्ग भएको छ । उनले भने प्रदेश सरकाले एक कराेड ३३ लाख रुपैया बराबर छुट्याइएको जानकारी पाएता पनि अहिलेसम्म रकम समेत नअाएकाे बताए । अाफुहरुलाई अधिकार नै नभएपछि अस्पतालमा गएर हस्तक्षेप गर्ने नमिल्ने तर मेयरकाे हैसियत र नगरपालिका भित्र रहेको हुनाले अाफुले ब्यक्तिगत रुपमा मात्रै हेरेकाे र अाधिकारी रुपमा हेर्ने अाफ्नाे कुनै ठाउँ समेत नभएको बताए ।

    अस्पतालका मेसु उत्तम देवले भने संधियता लागू भए देखि गत बर्ष भन्दा फरक भएको र अस्पतालमा अाउने बजेटहरु अहिले नगरपालिकाबाट अाउने भएको हुनाले अाैषधी खरिद गर्ने समस्या रहेको बताए । अाैषधि स्टाेरकिपर भने कार्यलय सहयोगीकाे भरमा संन्चालन भईरहेकाे पाईन्छ । २४ घन्टा रक्त संन्चार खाेलिनु पर्ने हाे तर त्याे पनि त्याे पनि दिउँसो भएपछि रक्त संन्चार बन्द हुने गरेको छ । अस्पतालमा एक महिने बालकलाई निमुनिया भएपछि कार्तिक ९ गते बालकलाई भर्ना समेत गरियो दुई दिन सम्म बालकलाई नेमाे लाईजर मेसिनबाट वाफ गाउने काम त भईरहेकाे थियोे । तर ११ गते अस्पतालबाटै उक्त सेमिन चाेरी भएपछि अहिले निमुनियाबाट ग्रसित बालबालिकाहरुलाई उपचारमा थप समस्या परेकाे संगिता देवि ऋिषिदेव बताउछिन ।

    अस्पताल भित्रबाट अाैषधी, घराका टुटि लागयतका सामान समेत हराउने गरेकाे नाम नबताउने सर्तमा एक कर्मचारीले बताए । अस्पतालकाे समयमा डाक्टरहरुकाे नत ड्रेस नै हुन्छ नत अाईडि कार्ड नै हुन्छ । काे बिरामी काे डाक्टर उपचार गराउन अाउने सर्वसाधारणहरुले चिन्नै हम्मेहम्मे हुने गरेकाे एक बिरामीले बताए । गर्भवती महिला सेवा लिन अाएता पनि उनिहरुले अाईरन चक्कि र क्याल्सियम अाैषधी भने बजारमा गएर १० पिसकाे ६० रुपैयामा किन्न बाध्य रहेेको स्थानीय देवमणी कटुवाले बताए ।

    अाैषधी निशुल्क नहुदा अहिले रंगेली अस्पतालमा गर्भवती महिला चेक जाँचमा कम अाउने गरेकाे नर्सहरु बताउँछन् । धनपति मिश्र भन्छन बरिस्ठ डाक्टरहरुकाे काेटा भएता पनि डाक्टरहरु नहुदा अाफुहरु जहिले पनि प्राईभेट अस्पतालमै गएर उपचार गराउन बाध्य रहेको बताए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal