News Portal

चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गर्यो

हिमालीसंचार संवाददाता
३२० पटक

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको देखिएको बताएका छन्। असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्रीसमेत रहेका निधि कात्तिक १ मा काठमाडौँ फर्किएका थिए।

हुम्लामा सात दिन बसेका निधिले असोज २७ मा कैलाश र मानसरोवरको दूर दर्शन गरेका थिए। भ्रमणको अवसरमा उनले हिल्सा बोर्डरमा स्थानीय बासिन्दाले भोग्नु परेको समस्या र सीमा क्षेत्रको सुरक्षाका लागि सरकारले गर्नुपर्ने कामहरूको बारेमा जानकारी लिएका थिए।

निधिले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षा बलमा खटिएका प्रहरी अधिकृत र अन्य सरकारी अधिकारीहरूसँग सीमा विवादबारे छलफल गरेका थिए। हिल्साको सीमा क्षेत्रमा चीनको तर्फबाट नेपाली भूमिमा लगाइएको तारबार हटाई सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लाग्नुपर्ने स्थानीय अधिकारीहरूले निधिसँगको भेटमा जोड दिए।

सीमा सम्बन्धी विवादलाई समाधान गर्न सदनमा आवाज उठाउने र सीमा सुरक्षाका लागि आवश्यक सरकारी प्रबन्ध जुटाउने पहलमा आफू लागिपर्ने नेता निधिले बताए। सोही क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सीमा क्षेत्रको समस्या समाधानमा सरकारले बेवास्ता गरेको गुनासो गरे।

कर्णाली प्रदेशका सांसद समेत रहेका शाहीले निधि नेतृत्वको ४० जनाको टोलीलाई सीमा अतिक्रमणबारे जानकारी दिएको बताए। हुम्लामा सात दिन बस्दा अतिक्रमण आफूहरूले आँखाले देखेको निधिको दाबी छ।

चीनले पिल्लरहरूमा गडबडी गरेर नेपालको भूमि अतिक्रमण गरेको नेता शाहीले दाबी छ। पिल्लर नम्बर ९ हिल्सामा भएपनि दशगजा खाली नगरी चीनले गेट बनाएको उनको भनाइ थियो। शाहीका अनुसार दशगजा खाली राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै छ।

‘पिल्लर नम्बर ८–१ नेपाल र ८–२ चीनतर्फ छ। त्यस्तै ७–१ नेपाल र ७–२ चीनतर्फ छ । त्यसरी नै पिल्लर नम्बर ६–१ नेपाल र ६–२ चीनतर्फ हुनुपर्ने हो। तर ६–१ पिल्लर चीनले आफ्नोतर्फ पारेको छ। यो स्पष्ट सीमा अतिक्रमण हो,’ उनी भन्छन्।

शाहीका अनुसार पिल्लर नम्बर ५–२ मा एकातिर नेपाल र अर्कोतिर चीन लेखिएको छ। ‘२०४५ साल लेखिएको यो पिल्लर त्यहाँ उल्लेखित भाषा हेर्दा दुई देशको बीचमा हुनुपर्ने हो। तर, पिल्लर चीनले आफ्नो भूमिमा राखेको छ। पिल्लर नम्बर ५–१ र २ नजिकको जंगपिल्लर ढलेको अवस्थामा छ,’ शाहीले भने।

त्यतिबेला तीनकोठे भवन बन्ने बेलामा पनि प्रश्न उठेको थियो। शाहीका अनुसार आफूहरूले विरोध गर्दा चिनियाँहरूले यो पशु क्वारेन्टिन भन्दै दुबै देशले प्रयोग गर्न मिल्छ भनेका थिए। ‘अहिले त्यही स्थानमा नौ वटा भवन बनाएका छन्, जुन नेपाली भूमिमा पर्छ,’ शाहीको बिफ्रिङ थियो।

यस्तै हुम्लावासीले कैलाश र मानसरोवरमा विना भिसा जान पाउनुपर्ने माग राखेको निधिले बताए। ‘पहिले कैलाश र मानसरोवर नेपालकै बाटोबाट जान सकिन्थ्यो। अहिले भिसी लिएर मात्र जान पाइन्छ। हुम्लाका लाप्चा र हिल्सा चीनसँग जोडिएका दुई वटा नाका हुन्,’ उनी भन्छन्, ‘लाप्चा र लासाबाट नै कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न सम्भव होस् भनेर म सरकारसँग माग गर्दै छु।

यस्तै सीताको भूमिका जनकपुरवासीलाई कैलाशको धार्मिक र सांस्कृतिक यात्रा गर्न निधिले सुझाए। ‘जनपुरलाई कैलाश पर्वत र मानसरोबारलाई जोडनका लागि जनकपुरवासी सक्रिय हुनुपर्दछ। मधेस प्रदेशको सरकार पनि सक्रिय हुनुपर्दछ,’ उनी भन्छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...