News Portal

एनआरएनए क्यानाडाको बार्षिक साधारण सभा नोभेम्बर २६ मा हुने

हिमालीसंचार संवाददाता
३६१ पटक

क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको राष्ट्रिय महाधिवेशन नोभेम्बर २६, २०२३ मा आयोजना गरिएको छ।

एनआरएनए एनसीसी (ग्लोबल एनआरएनए) क्यानाडाको बैठकको निर्णय अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि आयोजक समिति, निर्वाचन, बिधानलगायत विभिन्न तयारी समितिहरुसमेत गठन गरिएको छ।

अध्यक्ष कुन्दन घिमिरेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा बर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सल्लाकार, क्यानडामा रहनु भएका आईसीसी सदस्यहरुसमेत रहनु भएको छ।

निर्वाचन समितिमा संस्थाका कानूनी सल्लाहकार भोजराज भट्टलाई प्रमुख निर्वाचन आयुक्त, चन्द राई आयुक्त र एक जना उहाँहरुले नै राख्ने गरी ३ सदस्य निर्वाचन समिति गठन गरिएको छ।

सदस्यता विस्तार र वितरणको लागि उपाध्यक्ष सुमन पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। त्यसैगरी, बिधान मस्यौदा तयार गर्नको लागि सभापति अन्जनी भट्टराई, उपाध्यक्ष सुमन पौडेल, कानुनी सल्लाहकार भोजराज भट्ट रहेको समिति गठन गरिएको छ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...