News Portal

युद्ध गर्न गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा इजरायली सैनिक मारिए

हिमालीसंचार संवाददाता
४२२ पटक

तेल अविव। इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ। आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते भएका छन्।

इजरायलकै सेनाले आफ्नो सेनामा भएको हताहतीबारे जानकारी दिएको हो। घाइते हुनेमा एक इजरायली सेनाको अवस्था गम्भीर छ। इजरायली सेनाले अपहरणमा परेका मानिसहरू बचाउन जमिनको कारबाही सुरुवात गरेको बताएको छ।

इजरायली सेनामाथि हमासले एन्टी ट्यांक मिसाइल आक्रमण गरेको अल जजिराले जनाएको छ। अक्टोबर ७ मा हमासले इजरायलमा हजारौं रकेटहरु आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले गाजा पट्टीमा दुई हप्ताभन्दा बढी समयदेखि बमबारी गरिरहेको छ।

इजरायल र हमासबीच १७ दिनयता जारी युद्धमा इजरायलतर्फ १४ सय जनाले ज्यान गुमाएका छन् भने इजरायलको हवाई कारवाहीमा गाजा स्ट्रिपमा ४ हजार ३८५ जनाले ज्यान गुमाएका छन्। गाजामा मृत्यु हुनेमा १७ सय ५६ बालबालिका र एक हजार महिला पनि छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...