News Portal

  • सर्लाहीमा नेकपाका कार्यकर्ता आतंक‌ : गोली हानी कांग्रेस कार्यकर्ता महतोको लिए ज्यान

    १०६२ पटक

    प्रकाश मैनाली
    सर्लाही : सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका १ कार्यकर्ताको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।

    बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एक्कासी २ सयको संख्यामा आएर कुटपिट तथा गोली चलाउँदा  वडा नं. ४ का वडाध्यक्ष राम नरेश महतोका काका ५५ वर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको सर्लाही क्षेत्र नम्वर ४ प्रदेश “क” बाट निर्वाचित सा‌ंसद बिरेन्द्र सिहले जानकारी दिए।

    घाइते हुनेहरुमा सोही वडाका महादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका स्थानीय प्रेम सिंहले बताएका छन् । घाइते लिन गएको एम्बुलेन्स माथि समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए । तोडफोडको क्रममा १० वटा घरमा समेत तोडफोड भएको हो ।

    हिजो बिहान सोही नगरपालिका वडा नम्वर ४ बाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुटा भाचिएको र टाउकोमा गम्भिर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालयमा घटनावारे बुझ्दा आफुहरुले बुझिरहेको डिएसपि पुरुषोतम पाण्डेले बताए ।

    यति ठूलो घटना हुदा पनि प्रहरीले आरोपीलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयले आरोप लगाएका  छन्। घटनास्थलमा प्रहरीलाई खटाई घटनावारे बुझ्न एसपीलाई पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए। नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...