News Portal

फेरि टुक्रिने सम्भावना एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने तयारी

हिमालीसंचार संवाददाता
४३३ पटक

काठमाडौं – गैर आवासीय नेपाली संघको विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ।

बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट पाएको मत शुन्य देखाएपछि विवाद सुरु भयो । अरु पनि त्रुटि देखिएको भन्दै अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परीणाम स्वीकार नगर्ने बताए ।

केसीसहित अध्यक्षहरु कुल आचार्य र रविना थापाले वक्तव्य निकालेर अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए ।त्यसपछि भएको छलफलका क्रममा निर्वाचनबारे दुई साताभित्र छानबिन गर्ने सहमति भयो । अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्माका अनुसार निर्वाचनमा त्रुटि देखिए फेरि मतदान गर्ने, नभए अहिलेको कमिटीलाई सबैले स्वीकार गर्ने सहमति भएको थियो । त्यो सहमति विपरित केसी पक्षले हतारहतार सपथ कार्यक्रम राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

शनिबार साँझ संयुक्त पत्रकार सम्मेलन गरेका श्रेष्ठले सपथले अविश्वास थप बढाएको बताए । ‘तीन जना अधयक्षले स्थगित गरेको प्रक्रिया सुचारु नगरी सपथ लिनु कानुनी विपरित छ’ छानबिनबाट आउने निष्कर्ष स्वीकार गर्न तयार रहको भन्दै उनले भने, हतार हतार सपथले झन अविश्वास पैदा भयो ।’

अर्का उम्मेदवार शर्माले पनि हतार हतार सपथ गर्नुले निर्वाचनमा धाँदली गरेको प्रमाणित भएको बताए । गैरआवासीय नेपाली संघ सबैको साझा हुनुपर्छ भन्ने आफूहरुको माग रहेको भन्दै उनले भने, ‘जबरजस्ती आफैंले स्वघोषणा गर्न पाइँदैन ।’

उपाध्यक्षका उम्मेदवार केशव पौडेलले स्पेलिङ गलत भएका कारण आफ्नो मत शुन्य देखिएको भनेर दिएको स्पष्टीकरण स्वीकार नभएको बताएका छन् । आफूलाई विजयी भएको भनेर सपथका लागि बोलाएपनि नगएको भन्दै उनले भने, ‘चुनावमा अनियमितता छ भन्ने देखिएको छ । दुधको दुध पानीको पानी छुट्याउन जरुरी छ । जबसम्म त्यो हुन्न, म कुनै पनि पद स्वीकार गर्दिन ।’

उपाध्यक्षका अर्का उम्मेदवार गंगाधर गौतमका अनुसार सम्मेलनको बाँकी बन्दसत्र सुरु गर्ने र नयाँ कमिटी घोषणा गर्ने तयारी छ । वर्तमान कार्यसमितिको दुई अध्यक्षसहित बहुमत पदाधिकारीहरु ठाउँमा रहेको भन्दै उनले अघि भने, अधिवेशनमा थाति रहेका प्रतिवेदन पास गर्न यही हलमा बस्छौं, यदि कुनै प्राविधिक कारणले दिएन भने प्रक्रियामा लगेर आधिकारिक टिम घोषणाा गर्ने र्छौं ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...