News Portal

गंगाजमुना गाउँपालिकाको माेटर बाटो मर्मत नहुँदा स्थानीय जनताले पाए सास्ती!

हिमालीसंचार संवाददाता
६७२ पटक

धादिङगंगाजमुना गा.पा वडा न:१/२का जनताले बाटोको कारण धेरै दु:ख पाईरहेका छ्न। वडा न१ मा त चाडपर्व अगाडी बाटो मर्मत तथा सरसफाई गर्ने कुनै शुरसार नै छैन। भाडा महङ्गो तिर्नुपर्ने बाध्यता भएता पनि सरकारवालाहरु चुपचाप बसेको देखिन्छ।

साधै जनप्रतिनिधिहरुले कुनै चासो लिएको देखिदैन । वडा न१मा बजेटको २०८०/८१ को बिनियोजित बजेटमा दश लाख छुट्टाएका छन। तर पनि वडा अध्यक्ष र जनप्रतिनिधिको स्वार्थको पूरा गर्न आफ्नो अनुकूल समिति बनाउन चलखेल भैरहेकोले मर्मत सम्भार हुन्न नसकेको स्थानीयबासी बताउछ्न। बाटो मर्मत नहुँदा वडा नम्बर १ का चोके, इबि, रि, गोम्बा, रिचेत, किचेत, चेप्राङ,करङका गाउँबासिन्दाहरुले धेरै समस्य, दु:ख,कष्ट, कठिनाई भोग्नुपरेको छ।

कामको शिलशिलामा स्वदेश तथा बिदेशमा रहेका गाउँबासिन्दाहरुलाई चाडपर्बमा गाउँ आउन धेरै सास्ती र कठिनाई छ। भौगोलिक बिकट्तामा रहेको गाउँकाे बाटो समयमा मर्मत नगर्दा जनताले निकै सास्ती भोगिरहेका छन् । सर्बजनिक रूपमा गाउँ टोलवासिन्दालाई बोलाएर बनाउनु पर्ने उपभोक्ता समिति वडा अध्यक्ष बहादुर तामाङले आफ्नो कार्यकर्तालाई मात्रा राखेर गोप्यरूपमा समिति बनायो भन्ने कुरा आएकोले स्थानीय युवाहरूले गोप्य रूपमा बनाएको समितिको घोर भर्सना गर्दै बिरोध गरेको छ्न।

यस पाली पनि आफ्नो अनुकुल मान्छेहरु समितिमा राखेर बजेटलाई आफ्नो खल्तीमा हाल्ने दाउमा रहेको कारण समयमा बाटो मर्मत नगरेको स्थानीय जनताले बताए । जनप्रतिनिधिहरुले समयमा बाटो सरसफाई गरेन भन्ने गोप्य रूपमा समिति बनाई काम नगरि बजेटको दुरुपयोग गरेमा स्थानीय जनताले प्रतीकार गर्ने र स्थानीय चुनावमा माओबादी केन्द्रका बाहुर तामाङले चुनाव जितेका थिए। समय मोटरबाटो मर्मत सम्भार नहुदा स्थानीय बासिन्दाले महत्वपूर्ण चाडबाडमा समेत आफ्नो घर जानबाट वञ्चित भएका छन्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...