News Portal

खोटाङ जिल्ला अस्पताल दिक्तेलमा अपरेशन सेवा बन्द

हिमालीसंचार संवाददाता
३०० पटक

खोटाङ – जिल्ला अस्पताल खोटाङ दिक्तेलका बेहोस गराउने स्वास्थ्यकर्मी विरामी भएपछि जिल्ला अस्पताल दिक्तेलबाट प्रवाह हुने अपरेशन सेवा प्रभावित भएको छ।

जिल्ला अस्पताल खोटाङमा कार्यरत अपरेशनका क्रममा विरामीलाई बेहोस गराउने स्वास्थ्यकर्मी विरामी भई उपचारको सिलसिलामा काठमाडौं जानु भएकाले अर्को व्यवस्था नहुजेलसम्मका लागि डेलिभरी र अपरेशन सेवा बन्द रहने सूचना जारी गर्दै जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख डाक्टर चतुरानन्द यादवले बताए। 

जिल्लामा कार्यरत एनेस्थेसिया सहायक अस्पताल व्यवस्थापन समितिलाई पुर्व जानकारी गराएर उनी पुर्व स्वीकृति लिएर उपचारका लागि काठमाडौं गएका हुन्। अस्पतालले उनी दशैंपछि मात्र उपस्थित हुने जनाएको छ ।

जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाको बैकल्पिक व्यवस्था नहुदा बेहोस बनाएर गर्नुपर्ने डेलिभरी र अपरेसन सेवाका लागि जिल्ला बाहिर जान वाध्य हुनु परेको हो । 

विस २०४९ बैसाख १ गते स्थापित जिल्ला अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन।जिल्ला अस्पतालमा निकसाइमल नामक संस्थाले एक जना एनेस्थेसिया सहायक उपलब्ध गराएका हुन्। हालसम्म एउटा दरबन्दी ल्याउन नसकेको भन्दै  नेतृत्वको आलोचना हुदै आएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...