News Portal

एनआरएनमा सबै कुरा मिल्यो भनेर ढाँटिएको रहेछ, बिचार गर्छु: प्रधानमन्त्री दाहाल

हिमालीसंचार संवाददाता
५८१ पटक

काठमाण्डौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूथ एम्बासडर दिपेश खत्रीले नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाललाइ भेटेर अदालतमा मुद्धा हुँदाको अवस्था छ, प्रधानमन्त्रीकै रोहबरमा हस्ताक्षर गरेको संझौता नमानेर एकातर्फ गर्न लागिएको महाधिवेशनमा सरकार सहभागी हुन नहुने जानकारी गराएका छन्।

अदालको आदेश पत्रको प्रति समेत बुझिलिंदै प्रधानमन्त्रीले भन्नुभयो, मलाइ त सबै मिलिसक्यो भन्नु भएको हो। प्रधानमन्त्रीको सो जवाफ खस्न नपाउँदै एनआरएनको हैसियत समाप्त भएका डा. उपेन्द्र महतोले त्यो सबै मिलिसक्यो, यो भाइलाई थाहा छैन भनेर ठाउँका ठाउँ नै ढाँटे।

प्रधानमंत्री दाहालले फेरी पनि भन्नुभयो, मुद्दा पनि थपिएछ, मलाइ त सबै मिल्यो भन्नु भएकाले म आउन लागेको हो। यदि कुरा मिलेको छैन भने म बिचार गर्छु। यस्तो हुँदैन, मेरो रोहबरमा नै सहमति भएको अनि अहिले सम्म मलाइ मिल्यो भनेर ढाँट्ने, आखिर कुरा त मिलेको रहेनछ। जे भएपनि जानकारी दिनुभयो बाबुलाई धन्यवाद। पत्र दिने समय खत्रीलाई एनआरएनहरुले आक्रमण गर्न र लछार्न पनि खोजेका थिए।

स्मरणीय कुरा एनआरएनका दुइ घटक एक बनाउन प्रधानमन्त्रीको रोहबरमा हस्ताक्षर थियो। तर त्यसलाई अर्को पक्षले पालना गरेन। पावर ब्रोकर लगायर सबै मिल्यो भनेर ढाँटेको कुरा त प्रष्ट नै भयो।

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...