News Portal

  • गायक तथा गीतकार चक्रभूषण राईको “भेटुङ हैं बरपानीमा” सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ६०५ पटक

    काठमाडौं – गायक तथा कुशल गीतकार चक्रभूषण राईको “भेटुङ हैं बरपानीमा” म्युजिक भिडियो रोदुङ मिडिया युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छन्। 

    सार्वजनिक गरिएको पूर्वेली ठेट लोकभामा आधारित गीत पृथक मौलिक पूर्वेली लोकभाका रहेको गीत भर्खरै सार्वजनिक गरेका हुन्। मिक्सिङ, मास्टरिङ तथा एरेन्जर राजु कार्कीले गरेका उक्त गीत लिम्दुमी क्रियशनमा रेकर्ड गरिएको हो। 

    सार्वजनिक उक्त गीतमा मुख्य भूमिकामा कलाकार सृष्टी सुब्बा र स्वम् गायक चक्रभूषण राईको मुख्य अभिनय रहेको गीतको छायांकन दिनेश राई “सुविन”ले गरेका हुन्। 

    सार्वजनिक म्युजिक भिडियोको प्राविधिक पक्ष साथै निर्देशन शिवकुमार साम्पाङले गरेका हुन्। यस गीतमा कलाकारहरु शर्मिला राई, उर्मिता राई, गंगा राई, सुमित्रा राई, सविन इशारा, जयकुमार राई, मुगाधन राई, कर्मध्वज राई र ऋगारमा आयुष्णा श्रेष्ठ रहेका छन्। 

    गीतकार तथा गायक राईले यस गीतको म्युजिक भिडियो निर्माण गर्नका लागि लिम्दुमी क्रियशनका संचालक डिआर अटु, रीना राई र कविता राईलाई विशेष आभार समेत व्यक्त गरेका छन्। 

    म्युजिक भिडियो यहाँ हेर्नुस् 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...