News Portal

भक्ती सागर गीति एल्बम सार्वजनिक

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाण्डौं। विजया दशमी २०८० तथा दशैंको अवसर पारेर ओएसनेपालको आयोजनामा ओएस नेपालको प्रस्तुतिमा रहेको भजनको गीति एल्वम भक्ति सागर राजधानीमा एक भव्य  समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ।

विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उहाँको यो ३३औं कृति हो भने यस भक्ति सागर (गीतिएल्वम) भजनमा चार वटा भजनहरू जय गणेश, दुर्गे भवानी, हे राम राधे श्याम, हरे राम भजनहरू समावेश रहेको छन्। स्वयम् रचनाकार सुरेन्द्र महर्जनकै स्वर यस गीति एल्बमभित्र रहेको छ। एल्बमभित्र रहेको सम्पूर्ण भजनहरूमा वरिष्ठ संगीतकार राम कार्कीको एकल संगीत र एरेन्ज रहेको छ।

एल्बम सार्वजनिक समारोहमा सयौं जनाको जनाको सहभागिता रहेको थियो। ओएस नेपालको तर्फबाट विवेक कार्कीले कार्यक्रमको सभापतित्व ग्रहण गरिएको थियो। उक्त कार्यक्रममा दिनेश डिसि, चर्चित एवं विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिव परियार, गायक रामकृष्ण ढकाल, एचबि ताम्राकार, अरुण देव जोशी, बब्लु गुप्ता  नेपाल, राजेन्द्र ताम्राकार, पदम सुनार, हरि ढकाल, प्रभा शर्मालगायत अथिति हुनुहुन्थ्यो। दशैंको शुभ अवसर पारेर भजन सार्वजनिक गर्न पाउँदा खुशी लागेको ओएसनेपालको तर्फबाट सुमन सापकोटाले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...