News Portal

मोरङको रंगेली स्थित सन्सारी माई मन्दिरमा रात्री कालिन सन्ध्या शुरु

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३६८ पटक

असोज-२९, सोमबार/मोरङ – मोरङको रंगेलीमा रहेको प्रसिद्ध धार्मिक स्थलको रुपमा चिरपरित संन्सारी माई मंन्दिर मा  प्रदेश स्तरीय  फुलपातीका बढाई तथा घटस्थापनादेखि चण्डी पाठ परायण शुरु भएको छ ।

रंगेली वडा नम्वर-७ मा रहेको सो मन्दीरमा प्रदेश  नम्वर १ सरकारले विजया दशमीको तथा फुलपातीका दिन प्रदेश स्तरीय बढाई गर्ने थालेपछि   अझै सन्सारी माई प्रति सबै भक्तजनहरुको आस्था समेत बढिरहेको छ । 

अहिले मन्दिरमा  ११ जना ब्रह्माण्डहरुद्वारा चण्डी पाठ सहित रात्री कालीन समयमा झाँक्री सहित कार्यक्रम शुरु भएको छ । पण्डित कृष्ण प्रसाद कोईरालाबाट महात्मा कथा बाचन गरिरहेका छन ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा भजन कृतन गर्नुका साथै झाकी समेत प्रस्तुत गरेर भक्तहरुलाई मनोरञ्जन समेत गराउन सुरु गरि गरिन्छ । आगामी ४ गते फुलपातीका दिन मन्दिरमा प्रदेश  सरकारका मुख्यमन्त्री, मन्त्री तथा अन्य मन्त्रीहरुको समेत सहभागी रहेको छ ।  

फुलपाती बढाईका लागि मन्दिर व्यवस्थापन समितिले  मन्दिर सजावट समेत गरिसकेको मन्दिर समितिका अध्यक्ष संन्जिव श्रेष्ठले बताए ।  

प्रदेश नम्बर  १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शन गर्नेका लागि नेपालमात्र नभई भारतका बिभिन्न ठाउँबाट भक्तजनहरुको समेत ठुलो सहभागिता हुदै आएको छ ।  फुलपातीका दिन  करिव पाँच हजार भन्दा वढी भक्तजन सहभागी हुने अपेक्षा रहेको समितिका सह-सचिव ईश्वर पोख्रेलले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...