आज : २०२६-०६-०८, सोमबार

को हौं तिमी??? विनोद कोयी

दिन-रात दुःखी विरामी र अशक्तको सेवा गर्छौं तिमी!
कहिले ओखती त कहिले मिठो मुस्कानले उपचार गर्छौ तिमी!!

न त डाक्टर हौं? न त बैध नै हौं तिमी!
विरामीको अन्तिम् घडीसम्म प्राणको लागि लड्छौ तिमी!!

अमृत कसैले खाएको छैन, सबै एक दिन मर्नै पर्छ!
निश्चल र पवित्र मनको धनी पक्कै तिमी नर्स हुनु पर्छ!!

नर्स हुनु पर्छ!!

विनोद कोयी
सुङदेल-७, केपिलासगढी, खोटाङ
हाल काठमाडौं, नेपाल