News Portal

हवाई हमलामा हमासको वायुसेना प्रमुख मारिए : इजरायल

हिमालीसंचार संवाददाता
२६७ पटक

तेल अभिभ। गए राति गरिएको हवाई आक्रमणमा हमासको वायुसेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायुसेनाले जनाएको छ। गाजापट्टीस्थित हमासको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निसाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ।

इजराइली वायुसेनाले मुराद अबु मुराद गएको शनिबारको नरसंहारमा आतंकवादीलाई निर्देशन दिन धेरै हदसम्म जिम्मेवार रहेको जनाएको छ।

“साथै, पछिल्लो दिनमा वायुसेनाको लडाकु जेटहरूले हमास आतंकवादी संगठनको मुख्यालयमा आक्रमण गरे, जहाँबाट उक्त संगठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो,” सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजराइली वायुसेनाले भनेको छ, “शनिबारको घातक हमलामा आतंकवादीलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन्।”

गत राति इजराइली वायुसेनाले हमास कमान्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको जनाइएको छ।

इजराइली वायुसेना र इजराइली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ। – रासस/एएनआई

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...