News Portal

प्यालेस्टाइनको समर्थन गर्दा पोर्नस्टार मिया खालिफाले गुमाइन् जागिर

हिमालीसंचार संवाददाता
३७५ पटक

काठमाडौं। हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन्। यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ।

प्यालेस्टाइनको समर्थन गर्दा खालिफालाई निकै महंगो परेको छ। उनले जागिर गुमाउनुपरेको छ। उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन्।

उनले ट्वीटरमा लेखेकी थिइन्, ‘यदि तपाईं प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईं भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ।’

‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ,’ दोस्रो ट्वीटमा उनी लेख्छिन्। उनको ट्वीटले रेड लाइट हल्याण्डका सीईओ टोड शापिरोको ध्यान खिचेको छ। उनको कम्पनीले अमेरिका र युरोपमा च्याउ उत्पादन गर्ने र बेच्ने होम ग्रोथ किट गर्छ। यस वर्षको सुरुमा उनले खालिफालाई कम्पनीमा ल्याएका थिए, जहाँ उनले कम्पनीको अनलाइन व्यापार बढाउन मद्दत गर्थिन्।

जागिर नै गुमाउनुपर्‍यो

रेड लाइट हल्याण्डका सीईओ टोड शापिरो अभिनेत्री खालिफाको उक्त ट्वीटपछि त्रसित देखिएका छन्। लगत्तै उनले मिया खलिफालाई जागिरबाट निकालेको घोषणा गरे। यसलाई लिएर दुवैबीच चर्को बहस समेत भयो। मियाले अहिले जागिर गुमाइन्। खालिफाको ट्वीटपछि प्लेब्वायले उनीसँगको सम्झौता खारेज गर्दै उनको च्यानल पनि हटाएको छ।

वयस्क फिल्मका कारण परिचित खालिफाको पछिल्लो अभिव्यक्तिले लेबनानी-अमेरिकी मिडियाको ध्यान आकर्षित गरेको छ र नयाँ बहसलाई जन्म दिएको छ। सामाजिक सञ्जालमा यसबारे धेरै प्रतिक्रिया आएका छन्।

हमासले इजरायलमा हमला गरेपछि युद्धले नयाँ मोड लिएको छ। इजरायलले गाजा क्षेत्रमा जवाफी हमला गरिरहेको छ। दुवै पक्षतिर मृत्यु हुनेको संख्या बढिरहेको छ। यस घटनामा १० नेपाली विद्यार्थीले पनि ज्यान गुमाए। घटनामा ७०० भन्दा बढी इजरायलीको मृत्यु भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...