News Portal

गायक बुद्ध राई र गायिका बसन्ता राईको रामदले भाग-३ भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता/आशकुमार राई
१२१० पटक

काठमाडौं – गायक बुद्ध राई र गायिका बसन्ता राईको संयुक्त आवाजमा रहेको रामदले भाग-३ गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

गायक राईको अफिसियल युट्युव च्यानल मार्फत आज उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

विशेष गरेर दशैं-तिहारको वरिपरि पुर्वी पहाडी जिल्ला ओखलढुंगा आसपास क्षेत्रमा गाईने गाउँले टिपिकल रामदले भाकाको शब्द राजबहादुर राईले लेखेका हुन भने उक्त पुरानो शब्दहरुको संकलन गायिका बसन्ता राईले गरेका हुन।

सार्वजनिक गीतको संगित संयोजन सबिन लिम्बुले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरिले गरेका हुन।

स्टुडियो अकस्टिक नेपालमा रेकर्डिष्ट दिल सार्कीले रेकर्ड गरेको यो गीतको स्टुडियो म्युजिक भिडियोको छायांकन तथा संपादन मदन राइले गरेका हुन।

ओखलढुंगा आसपासका स्थानीय भाकाहरु भध्यको यो अत्यान्तै लोकप्रीय टिपिकल रामदले लोक भाकाको भाग-१ र भाग-२ पछि गायक, गायिकले भाग-३ बजारमा ल्याएका हुन। 

गायक बुद्ध राई र गायिका बसन्ता राईले यसअघि सार्वजनिक गरेका रामदले भाका भाग-१ र भाग-२ दर्शक श्रोतासामु निक्कै लोकप्रिय भएको थियो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...