News Portal

खातामा रकम नभई चेक काट्नेलाई २ वर्ष कैद सजायको प्रस्ताव

हिमालीसंचार संवाददाता
४४० पटक

काठमाडौं – आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ। संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव गरिएको हो।

यसरी चेक अनादरको मुद्धामा खातावालालाई बिगोको पाँच प्रतिशत रकम जरिवाना र कैद सजाय हुन्छ। यसअघि चेक अनादरमा तीन महिना कैद र बिगो बराबर जरिवानाको व्यवस्था थियो। 

अब प्रस्तावित विधेयक पारित भएमा बिगो रकमको ५ प्रतिशत बराबर जरिवाना र एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ। पाँच लाख रूपैयाँसम्म बिगो भए एक महिना कैद हुनेछ। 

त्यस्तै, पाँच लाखमाथि १० लाखसम्मको बिगोमा तीन महिनासम्मको कैद हुनेछ। १० लाखमाथि ५० लाख रूपैयाँसम्मको बिगोमा ६ महिना कैद र ५० लाख माथिको बिगोमा दुई वर्षसम्म कैद सजाय हुनेछ। विधेयकअनुसार चेकमा रहेको रकम भुक्तानी दिनेको खातामा नभए चेक धारकलाई नै सो चेक फिर्ता दिनु पर्नेछ। 

तर, धारकले चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिएर खातामा रकम जम्मा गरिदिन खातावालालाई जानकारी गराउनु पर्छ। 

यस्तो जानकारी जुनसुकै माध्यमबाट दिन सकिन्छ। यसरी समय दिएको जानकारी चेकमा उल्लेख गरेर धारकलाई नै सो चेक फिर्ता दिनुपर्छ। 

खातावालाले यस्तो सूचना प्राप्तिपछि चाहेमा चेक फिर्ता लिएर धारकलाई रकम भुक्तानी दिन सक्नेछ। तर, यसरी दिइएको अवधि समाप्तिपछि पनि खातामा रकम जम्मा भएन र बैंकमा पुनः सटहीको लागि आएमा बैंकले त्यसको तीन दिनभित्र चेक अनादर भएको प्रमाणित गरिदिनु पर्छ।   

चेक अनादर भएको प्रमाणित गरिदिन सक्ने कार्यविधि भने अर्थमन्त्रालयको परामर्शमा राष्ट्र बैंकले तयार पारेर बैंकहरूलाई उपलब्ध गराउनेछ। चेक अनादर प्रमाणित भएपछि धारकले चाहेमा तीन महिनाभित्र जाहेरी दिन सक्नेछ र यसरी जाहेरी दिएको तीन महिनाभित्रमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था गरिएको छ। 

चेक अनादरको क्रममा अनुसन्धान वा अदालतमा मुद्दा चलेको समयमा पनि मिलापत्र गर्न सक्ने छ। अनुसन्धानको क्रममा अनुसन्धान अधिकारी मार्फत् सरकारी वकिल समक्ष मिलापत्र गर्न सकिनेछ। अदालतमा मुद्धा दायर भइसकेको अवस्थामा भने सरकारी वकिलमार्फत् अदालतमा मिलापत्रको लागि निवेदन दिन सक्ने छ।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...