News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एयर एसियाले करोडौँ बक्यौता नतिरी बिदा भयो

    हिमाली संचार संवाददाता
    ४७६ पटक

    सिवी अधिकारी 

    काठमाडौँ– मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एसिययाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो ।

    उक्त कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई रु १३ करोड बक्यौता तिर्न बाँकी छ । यो विलम्ब शुल्क हो । कम्पनीले हालसम्म करीब रु ३० करोड रकम बुझाइसकेको विमानस्थलले जनाएको छ ।

    एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एसियाले वाइड बडी ए ३३० बाट दैनिक यहाँ उडान भर्दै आएको थियो । बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । विलम्ब शुल्क तिर्नका लागि पहल गर्ने आसयसहित विमानस्थललाई पत्राचार गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

    नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्कबापतको रु सात करोडभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्नेछ ।

    नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहे पनि श्रम सम्झौता हुन सकेको थिएन । नेपालबाट कामका लागि जानेमाथि ठगी भएको भन्दै सरकारले केही समयका लागि श्रम स्वीकृति रोकेको थियो । दुई देशबीच भएको श्रम सम्झौतापछि उक्त एयरलाइन्सले पुनःसेवा शुरु गर्नसक्ने महाप्रबन्धक क्षेत्री बताउँछन् ।

    वैदेशिक  रोजगारीमा जाने कामदारलाई लक्ष्य गरी उडान भर्न शुरु गरिएको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निर्णय गरिएको थियो । महाप्रबन्धक क्षेत्रीका अनुसार लगातार घाटा भएपछि उडान भर्न बन्द गर्ने भन्दै सेवा बन्दका लागि कम्पनीले निवेदन दिएकामा कामदारको समस्या समाधान हुने भएकाले उडान बन्द नगर्न सुझाइएको थियो ।

    नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान भर्ने एयरलाइन्स काठमाडौँबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । हाल सो मार्गमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्सले उडान भर्दै आएका छन् ।

    बोर्डलाई सात करोड तिर्न बाँकी

    एयर एसियाले नेपाल पर्यटन बोर्डलाई रु सात करोड २३ लाख बक्यौता तिर्न बाँकी छ । कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ । विगत एक वर्षदेखि उक्त वायुसेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका सूचना अधिकारी रोहिणीप्रसाद खनालले जानकारी दिए ।

    एयर एसियाको उक्त रकम जरिवानासहितको हो । बोर्डले बक्यौता रकम तिर्न सो कम्पनीलाई पटक पटक आग्रह गरे पनि अटेर गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत रकम असुलका लागि पहल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    राजनैतिक दलहरुले देशलाई मजाक बनाए

    गणतन्त्रका मठाधिशहरुले देशलाई मजाक बनाएका छन्। हरेक कुरामा भागबण्डा गरेर देशलाई बर्वादिको मार्गमा पुर्याइसकेका पार्टिहरु...

    ‘लोडसेडिङ भयो’ भन्दै विदेशबाट आउने फोनले हैरान, मन्त्री खड्काको गुनासो

    काठमाडौं, जेठ ७ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का हालसालै विदेशमा रहेका केही नेपालीबाट...

    गौशालामा आठ सवारी ठोक्किँदा आठ जना घाइते, बस चालक फरार

    काठमाडौं, जेठ ७ – काठमाडौंको व्यस्त क्षेत्र गौशालामा बुधबार दिउँसो एक आपसमा ठोक्किँदै आठवटा सवारी...

    बलुचिस्तानमा स्कुल बसमा विस्फोट, तीन बालबालिकासहित पाँचको मृत्यु

    पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानको खुजदार सहरमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। स्कुलतर्फ गइरहेको...

    राष्ट्र बैंकमा गभर्नरको स्वागतसँगै पौडेलको पहिलो निर्णय : एक हजार र पचास रुपैयाँका नोट छपाइ प्रक्रिया सुरु

    काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको स्वागत कार्यक्रम सम्पन्न भएसँगै...