News Portal

गैरआवासीय नेपाली संघद्वारा इजरायलमाथि भएकाे आक्रमणको भर्त्सना

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडाैं। गैर आवासीय नेपाली संघ एनआरएनएले इजरायलमाथि शनिबार गरिएको आक्रमणको भर्त्सना गरेको छ। इजरायलमा शनिबार बिहान भएको आतंकवादी आक्रमणमा परेका तीन नेपाली सम्पर्कविहीन रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।

आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एनआरएनएले बताएको छ। एनआएनएका अनुसार, त्यस कृषि केन्द्रमा १७ जना नेपाली थिए। तीमध्ये ९ जना घाइते भएका छन्। अन्य ५ जनाको सकुशल उद्धार भएको छ भने ३ जना सम्पर्कविहीन छन्। आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास जारी रहेको एनआएनएले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

गैरआवासीय नेपाली संघको इजरायलस्थित राष्ट्रिय समन्वय परिषद्ले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ।

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ। यस गम्भीर स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन र त्यहाँस्थित सरकारी अधिकारीहरूको निर्देशन तथा सुरक्षा उपायहरू पालना गर्न संघले अनुरोध गरेको छ।

यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष पदको उम्मेदवार चिरञ्जीवी घिमिरेले पनि उक्त घटनाको भर्त्सना गर्दै तिनीहरूको उद्धारको लागि गैर आवासीय नेपाली सङ्घ र अन्य सङ्घ संस्थाहरूले स्थानीय प्रशासन सँग सहकार्य गरीरहेको बताएका छन्। उनले भनेका छन् त्यहाँ रहनु भएका सम्पूर्णलाई सुरक्षित रहन अनुरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित उद्धार कार्यमा लाग्नु भएकाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...