News Portal

कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगितिक धमाका भव्य रुपमा सम्पन्न

हिमालीसंचार संवाददाता
५०५ पटक

कुबेत सिटी – कल्याणकारी नेपाली युवा समाज कुबेतद्वरा आयोजित दशैंको पावन अवसरमा “कल्याणकारी धमाका हिजो ६ अक्टोबर २०२३ शुक्रवारको दिन कुबेतको माहबुलास्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा नेपालबाट पाल्नु भएका अतिथि कलाकार हरूको विशेष प्रस्तुतिहरुको साथमा सम्पन्न।

अतिथि कलाकारहरुलाई पञ्चेबाजाको टोलीले बाहिर गेटबाट कार्यक्रम स्थलसम्म पञ्चेबाजा बजाएर स्वागत गरिएको थिए। समाजका अध्यक्ष सुवास श्रेष्ठको सभापतित्व र नेपाली दूतावास कुबेतका तृतिय सचिव रेवन्त केसी, प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा एनआरएनए कुवेत आइसिसी सदस्य हरी लवाती, एनआरएनए कुवेत कुवेतका अध्यक्ष रणध्वज लामा,अलमुजैनी एक्सचेन्ज मेनेजर, जजिरा एयरलाइन्सको प्रतिनिधी, पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको उपाध्यक्ष एकराज मल्ल, Ambassador Super market प्रतिनिधी विशेष आतिथ्यता लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेका थियाे।

कार्यक्रमलाई पत्रकार आनन्द आचार्य, नेपाली जनसम्पर्क समिती कुवेतका माहामन्त्री केशर घलान तामाङ,कलाकार मेरी राईले संयुक्तरुपमा सञ्चालन गरेका थिए। स्वागत समाजका महासचिब आङ्नोर्बु शेर्पा गरेका थिए। राष्ट्रियगानको गुन्जनका साथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरुलगायतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गरिएको थियो।

स्थानिय कलाकारहरुको प्रस्तुति संगै अगाडी बढेको कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए भने समाजले गरेको सामाजिक देखी खेलकुद क्षेत्रमा गरेको कामहरु बारेमा समाजका सदस्य रोहित कटुवालले प्रस्ट गर्नु साथै प्रोजेकटरबाट देखाएको थियो।

दर्शकको निक्कै बाक्लो उपस्थिति रहेको कार्यक्रम विविध कारण तोकिएको समय भन्दा झन्डै १ घन्टा ढिलो शुरु भएको थियो। तर कार्यक्रमको गति संगै अतिथी कलाकार बहुचर्चित गायक कर्णप्रीय स्वरकी धनी उर्गेन दोङले झन्डै एक दर्जन भन्दा बढी गीतहरु गाएर सबैलाई नचाइको थियो भने डान्सर आश्मा बिश्वकर्माकाे प्रस्तुतिले “वान्स मोर” भन्ने हल्लाले हलमा अझ बढी रौनक थपिएको भने बहुचर्चित गायिका कर्णप्रिय स्वरकी धनी नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका शान्ती श्री परियारले आफ्नो नयाँ पुरा गीतहरु गाएर छमछमी नचाइनको थिए।

कार्यक्रमको अन्तिम प्रस्तुतिसम्म हल भरिभराउ थियो। समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकारहरुलाई दोसल्ला ओढाएर मायाको चिनो स्वरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो।

कार्यक्रमका अन्त्यमा सभापति सुवास श्रेष्ठले कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, कलाकार,पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...