News Portal

नेपाल राष्ट्र बैंकसँग २ खर्ब नयाँ नोट छ, दसैँमा क्यूआर माध्यमबाट नयाँ नोट साट्न पाइने

हिमालीसंचार संवाददाता
४२२ पटक

काठमाडौं – यस वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेका छन्।

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ नेपालमै पहिलो पटक क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गर्ने भएको हो।

नेपाल राष्ट्र बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ। सेवाग्राहीको भिडभाड र सहजताका लागि यो बर्ष यस्तो व्यवस्था गर्न लागेको नेपाल  राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रुपैयाँ ५, १०, २०, ५० र १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने भएको छ।

उपत्यकासहित देशका ७ वटै प्रदेशस्थित नेपाल राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने शाक्यको भनाइ छ ।

राष्ट्र बैंकसँग २ खर्ब नयाँ नोटः नेपाल राष्ट्र बैंकसँग अहिले २ सय अर्ब अर्थात २ खर्ब रुपैयाँ नयाँ नोट रहेको छ। अहिले राष्ट्र बैंकमा ठूला र साना दरका गरी कुल २ खर्ब रुपैयाँका नयाँ नोट रहेको छ ।

विगतमा चार्डपर्व लक्षित गर्दै साना दर ५ देखि १०० रुपैयाँसम्मको १० देखि १२ अर्ब र ठूला दर अर्थात ५ सय र १ हजार रुपैयाँको ३० अर्ब रुपैयाँसम्म नयाँ नोट सटही हुने गरेको थियो ।

नेपाल राष्ट्र बैंकले यो वर्ष ४० अर्बको हाराहारीमा नयाँ नोट बजारमा वितरण हुने अनुमान गरेको छ । नेपाल राष्ट्र बैंकले विगतदेखि नै दशैंमा नयाँ नोट साटही गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...