News Portal

  • गायक बुद्ध राई र गायिका उषा गुरुङको “तिम्रो खुशी”गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १२०४ पटक

    काठमाडौं ​- गायक बुद्ध राई र गायिका उषा गुरुङको आवाजमा रहेको “तिम्रो खुशी” बोलरहेको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    डि ३६० आर टि एम नामको अफिसियल युट्युब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

    रबिन थापा मगरको उत्कृष्ट शब्द र यलेन मगरको मीठो संगीतमा रहेको यो गीतको संगीत संयोजन सुबिन सेन्चुरिले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन।

    स्टुडियो अकस्टिक नेपालमा रेकर्डिष्ट दिल सार्कीले रेकर्ड गरेको यो गीतको म्युजिक भिडियोको निर्देशन बिश्वजुङ माझिले गरेका हुन भने पवन सुस्लिङले छायांकन गरेका हुन।

    दिपा गर्बुजाले निर्माण गरेको यो गूतको म्युजिक भिडियोमा बिना राउत र रबिन थापा मगरको सशक्त अभिनय रहेको छ। 

    पवन सुस्लिङले नै सम्पादन गरेको यो म्युजिक भिडियोमा आर्ट तथा श्रृङ्गार पक्षबाट सुबाश तिमिल्सिना, उदय माझी, रमेश कार्की र गणेश थापाको समेत महत्त्वपूर्ण भुमिका रहेको छ।

    प्रेमिल शब्द र संगीतको मीठो संयोजनलाई परिपक्व गायकीले अझ माथी उठाएको यो गीतलाई नायक नायिकाको उत्कृष्ट अभिनय र मनमोहक दृश्यहरुले यो गीत अझ राम्ररी खुलेको छ। 

    यो गीतको शब्द, संगित, गायकी, अभिनय साथै समग्र म्युजिक भिडियो राम्रो बनेको हुनाले नेपाली गीत संगीतको श्रोता तथा दर्शकहरुले यस गीतलाई मनपराई दिने कुरामा आफुहरु बिश्वस्त रहेको समेत गीत निर्माण पक्षले हिमालीसंचारडटकमलाई बताए।

    सार्वजनिक गीतको म्युजिक भिडियो यहाँ हेर्नुस

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...