News Portal

गायक बुद्ध राई र गायिका उषा गुरुङको “तिम्रो खुशी”गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१३३३ पटक

काठमाडौं ​- गायक बुद्ध राई र गायिका उषा गुरुङको आवाजमा रहेको “तिम्रो खुशी” बोलरहेको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डि ३६० आर टि एम नामको अफिसियल युट्युब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

रबिन थापा मगरको उत्कृष्ट शब्द र यलेन मगरको मीठो संगीतमा रहेको यो गीतको संगीत संयोजन सुबिन सेन्चुरिले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन।

स्टुडियो अकस्टिक नेपालमा रेकर्डिष्ट दिल सार्कीले रेकर्ड गरेको यो गीतको म्युजिक भिडियोको निर्देशन बिश्वजुङ माझिले गरेका हुन भने पवन सुस्लिङले छायांकन गरेका हुन।

दिपा गर्बुजाले निर्माण गरेको यो गूतको म्युजिक भिडियोमा बिना राउत र रबिन थापा मगरको सशक्त अभिनय रहेको छ। 

पवन सुस्लिङले नै सम्पादन गरेको यो म्युजिक भिडियोमा आर्ट तथा श्रृङ्गार पक्षबाट सुबाश तिमिल्सिना, उदय माझी, रमेश कार्की र गणेश थापाको समेत महत्त्वपूर्ण भुमिका रहेको छ।

प्रेमिल शब्द र संगीतको मीठो संयोजनलाई परिपक्व गायकीले अझ माथी उठाएको यो गीतलाई नायक नायिकाको उत्कृष्ट अभिनय र मनमोहक दृश्यहरुले यो गीत अझ राम्ररी खुलेको छ। 

यो गीतको शब्द, संगित, गायकी, अभिनय साथै समग्र म्युजिक भिडियो राम्रो बनेको हुनाले नेपाली गीत संगीतको श्रोता तथा दर्शकहरुले यस गीतलाई मनपराई दिने कुरामा आफुहरु बिश्वस्त रहेको समेत गीत निर्माण पक्षले हिमालीसंचारडटकमलाई बताए।

सार्वजनिक गीतको म्युजिक भिडियो यहाँ हेर्नुस

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...