News Portal

मुक्तककार नम्रता निराश्रितका तीन मुक्तकहरु

हिमालीसंचार संवाददाता
३४७ पटक

मुक्तक – १

विश्वासको शिखर चढ्न खोज्यो देखिन्छ भिर यहाँ सधैँ !
आँखा चिम्लिएर फड्को मार्न आट्दा पर्छ पीर यहाँ सधैँ !!
बतास चलोस् हुरी आओस् मडारिदै भुमरीमा परे पनि,
जीवन त आखिर चलिरहेकै छ प्रेमकै खातिर यहाँ सधैँ !!

मुक्तक – २

आँसुको मूल रित्तिदै गयो रोकियो बग्नलाई !
श्रद्धाको लाज हराउदै गयो के भन्नु नग्नलाई !!
छैटीको लेख्नलाई भुल्या खाली यो भाग्यमा ,
के बाँकी छ र सकिदै गयो छोडेन ठग्नलाई !!

मुक्तक – ३

कोही सुनाउँछन् आफ्नो घरको कहानी !
कसैले बताउँछन् आफ्नै रहरको कहानी !!
शङ्कालु यो मनको बादल कहिल्यै नहट्ने ,
म सुनाउँछु आज मेरो यो डरको कहानी !!

नम्रता “निराश्रित”
नयाँबजार -१६, काठमाण्डौं।

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...