News Portal

सरकारले तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमका लागि तीनवटा जहाज किन्ने तयारी थालेको छ। लगातार घाटामा गएको निगमलाई उकास्न तीनवटा जहाज आवश्यक परेको भन्दै तयारी अधि बढाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले निगमका लागि तीनवटा जहाज खरिद प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रस्ताव मागेका थिए । मन्त्रालयले सो प्रस्ताव एक साताअघि मन्त्रिपरिषद्मा पठाई सकेको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए। सोही प्रस्तावका आधारमा पर्यटनमन्त्री सुदन किरातीलाई प्रधानमन्त्रीले जहाज खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए। सोहीबमोजिम मन्त्रालयले जहाज खरिदको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो। 

एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज समयमा भुक्तानी गर्न समस्या परिरहेको बेला सरकारले थप तीनवटा जहाज खरिद गरेर अन्तर्राष्ट्रिय उडानमा लगाउने तयारी गरेको हो। 

मन्त्रालयले दुई साताअघि जहाज खरिद गर्ने विषयमा औपचारिक रूपमा छलफल गरेको स्रोतको दाबी छ। प्रधानमन्त्री कार्यालयले समेत जहाज खरिद गर्ने विषयमा राय मागेको थियो। मन्त्रालयले नेपालको प्रचलित कानुनअनुसार निगमबाट प्रक्रिया अघि बढाउन मिल्ने राय दिएको थियो। 

निगमका कार्यकारी अध्यक्ष अधिकारीले जहाज किन्ने विषयमा प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेका थिए। करिब तीन साताअघि निगमका कार्यकारी अध्यक्ष अधिकारीले प्रधानमन्त्री दाहाल र पर्यटनमन्त्री किरातीलाई राखेर निगमको वर्तमान अवस्था र दायित्वबारे ब्रिफिङ गर्दै तीनवटा जहाज खरिद गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। 

प्रधानमन्त्रीले त्यसै दिन जहाज खरिद गर्न सरकार तयार रहेको बताउँदै खरिद प्रस्ताव पठाउन मन्त्रीलाई निर्देशन दिएको स्रोतको भनाइ छ। सरकारले राष्ट्रबैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा बनेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति २०८० को प्रतिवेदनले दिएको रिपोर्टमा सोल्टी होटलको सेयर बेचेर जहाज किन्न सुझाएको थियो। यो आजको समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...