News Portal

नर्थ सिटी मलमा डोको थकाली एण्ड रेष्टुरेन्ट संचालनमा आउँदै

कर्ण बहादुर अधिकारी
१२०४ पटक

काठमाण्डौ। ब्यबसायिक क्षेत्रमा छलाङ मार्दै अगाडी बढि रहनु भएका नुवाकोट तामे निवासी युवा ब्यवसायी कमल भण्डारीको शामाखुशी चोकस्थित नर्थ सिटी मलको दोश्रो तल्लामा डोको थकाली एण्ड रेष्टुरेन्ट दशै लगतै संचालनमा आउने तयारीमा छ।

हाल तिब्र रूपमा निर्माण भई रहेको रेष्टुरेन्टको स्पेशल मेनु लोपोन्मुख अबस्थामा रहेको थकाली खाना भए पनि रेष्टुरेन्ट आईटमहरू पारिबारिक माहौलमा ग्रहण गर्न सकिने छ। उक्त रेष्टुरेन्टको लागि चाहिने कर्मचारीहरूको समेत बिज्ञापन निकालि सकेको छ। उक्त बिज्ञापनको अन्तर्वाता दशै अगाडी नै हुने छ।

https://youtu.be/qNnkb3VtPJQ?si=nuZJntc1_EyImRxN

युवा ब्यवसायी भण्डारी सामाजिक कार्यमा पनि त्यति नै सक्रिय छन्। नेपालमै रहेर पनि नेपाली नागरीकलाई दक्षताको आधारमा रोजगार दिनको लागि यसरी ब्यबसायलाई फराकिलो बनाएर अगाडी बढाउनुलाई राम्रो मान्न सकिन्छ। कोभिडले आक्रान्त पारेको नेपालमा यसरी रोजगार सृजना गर्नुलाई सकरात्मक रूपले लिन सकिन्छ।

भण्डारीले संचालनमा ल्याउन लागेको रेष्टुरेन्ट पारीवारीक माहौलको हुने छ। ब्यस्त राजधानी अनि ब्यस्त शामाखुशीको भर्खरै निर्माण सम्पन्न भएको ब्यस्त महलमा संचालमा आउन लागेको रेष्टुरेन्टले राम्रो सेवा दिनेमा ढुक्क छन् भण्डारी।

कर्मचारी आबश्यकता ….

शामाखुशी चोकस्थित नर्थ सिटी मलको दोश्रो तल्लामा संचालनमा आउन लागेको डोको थकाली एण्ड रेष्टुरेन्टको लागि निम्न पदहरूमा आबेदन खुल्ला गरीएको छ।

१) थकाली सेफ  संख्या – १
२) रेष्टुरेन्ट सेफ  संख्या – १
३) कुक संख्या – २
४) किचेन हेल्पर संख्या – ३ (एक महिला, दुई जना पुरूष)
५) डिस वासर संख्या – २ (महिला)
६) बार टेण्डर संख्या – २ (एक महिला, एक पुरूष)
७) वैटर  संख्या – ७ (पाँच महिला, दुई पुरूष)
८) क्लिनर संख्या – २
९) क्यामेरा मेन संख्या – १
१०) सेक्युरीटी संख्या – १

सम्पर्कको लागि ईमेल :- [email protected]

नोट:- आवेदन दिने कर्मचारीहरूको संबन्धित काममा कम्तिमा २ बर्षको अनुभब हुनु पर्ने छ। उक्त अनुभवको सम्पूर्ण बिबरण मेल मार्फत पठाउनु पर्ने छ। ब्यक्तिगत तलव आपसी सल्लाहमा तय गरीने छ। अन्तरबार्ता कार्तिक १२ गते देखि १५ गतेसम्म गरीने छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...