News Portal

कल्याणकारी सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा

हिमालीसंचार संवाददाता
५१४ पटक

कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ ।

यहि ६ अक्टोबर २०२३ शुक्रबारका दिन माहबुलाको इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सांगीतिक कार्यक्रम सम्पन्न गर्न लागेको कल्याणकारीले कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार हरू शान्ति श्री परियार, उर्गेन दोङ र आश्मा बिश्वकर्मालाइ कुवेत ल्याउँदै छ ।

कल्याणकारीको निमन्त्रणामा कुवेत आउन लागेका कलाकारहरू मध्ये शान्ती श्री परियार र आश्मा बिश्वकर्मा बुधबार अक्टोबर ४ का दिन जजिरा एयरको उडानमार्फत बिहान ५ः१० बजे कुवेत विमानस्थलमा अवतरण गर्ने भएका छन् भने कार्य व्यस्तताको कारण उर्गेन दोङ भने ६ तारिक शुक्रबार बिहान मात्रै कुवेत आइपुग्ने भएका छन् ।

नेपालीहरूको महान चाड बडादशैंको पूर्वार्धमा कुवेतमा सम्पन्न हुन लागेको यस सांगीतिक धमाकामा अहिलेकी चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र उत्कृष्ट डान्सर अाश्मा बिश्वकर्मा साथै व्यस्त गायक, कम्पोजर उर्गेन दोङका साथमा कुवेतका स्थानीय कलाकारहरूले समेत आ–आफ्नो कला र प्रतिभा देखाउने छन् भने अतिथि कलाकारहरूले कुवेतका नेपालीहरूलाइ कत्तिको सांगीतिक मनोरन्जन प्रदान गर्ने हुन त्यो भने हेर्न नै बाँकी छ ।

समाजले अतिथि कलाकारको स्वागतको लागि  कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनीधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी सबैलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भइदिनुहुन अनुरोध गरेको छ भने उर्गेन दोङलाइ  स्वागत गर्नको लागि शुक्रबार बिहान  बजे उपस्थित हुन पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...