News Portal

अनमोलले सवा करोड डुबाइदिएको सुदर्शन थापाको आरोप, क्षतिपूर्ति र सजायको माग

हिमालीसंचार संवाददाता
४१६ पटक

काठमाडौं। अभिनेता अनमोल केसीलाई ‘आपराधिक विश्वासघात’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

अनमोलले सुदर्शन थापाले निर्माण गर्ने फिल्म ‘रावायण’ मा काम गर्ने भनेर पछि धोका दिएको आरोपसहित उजुरी परेको थियो।

सुदर्शनकी पत्नी सुप्रिया कटुवालको उजुरीका आधारमा प्रहरीले आज अनमोललाई साँगाबाट पक्राउ गरेको हो। अनमोलले फिल्म खेल्ने भनेर १० लाख रुपैयाँ अग्रिम भुक्तानी लिइसकेको उजुरीमा जनाइएको छ।

साथै फिल्मका लागि डेढ करोड रुपैयाँ खर्च भइसकेपछि अनमोलले नखेल्ने बताएको कटुवालको गुनासो छ।

फिल्मका निर्देशक सुदर्शन थापाले कलाकार तथा प्राविधिकहरुको भुक्तानी तथा अन्य तयारीमा सवा करोड रुपैयाँ खर्च भएको दाबी गरे। फिल्म सुटिङमा जानुभन्दा तीन दिन अगाडि अनमोलले धोका दिएको उनले बताए।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...