आज : २०२६-०६-०८, सोमबार

गीता पौडेलका दुई मुक्तक

मुक्तक – १

शासकहरू सकेसम्म जनतालाई निरक्षर बनाउॅछन्।
जनताहरू भने, निकै मेहनत गरेर अक्षर बनाउॅछन्।
बिगार्दैमा सबै कुरा नराम्रो नै हुन्छ भन्ने हॅुदैन महोदय
नत्र किन अक्षर बिगारेर मानिस हस्ताक्षर बनाऊॅछन्।

मुक्तक – २

लेख्न पो सबै कहॅा सकिन्छ र दिलका हालहरू !
न त गाउन नै सकिन्छ जिन्दगीका सुर तालहरू !!
जिन्दगी देखी भागेर होईन भोग्ने क्रमहरूमै पनि,
जबाफ बिहिन हॅुदा रहेछन कतिपय सबालहरू !!

गीता पौडेल
– दंगिशरण गाउँपालिका-२, दाङ।