News Portal

यस्तो देश, जहाँ पुलिसमा भर्ना हुनुअघि गरिन्छ कुमारित्व परीक्षण

हिमाली संचार संवाददाता
७२६ पटक

एजेन्सी कुनै पनि महिलाले देशको प्रहरीमा भर्ना हुनका लागि भर्जिन हुनुपर्ने कानून लागू गरिन्छ भने के होला ? हाम्रो देशमा त यस्तो सायद अब सम्भव छैन । तर दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा चाहीँ यस्तो अनौठो तथा विभेदकारी नियम रहेछ ।

हो, इण्डोनेसियामा पुलिसमा भर्ति हुन चाहने महिलाले आफ्नो भर्जिनिटी टेष्ट गराउनु पर्दछ । उक्त परीक्षणमा कुमारी नठहरिएका महिला पुलिसमा भर्ना हुन पाउँदैनन् ।

अझ आपत्तिजनक त के भने महिला उम्मेदवारको कुमारित्व परीक्षण पुरुष अधिकारीहरुद्वारा गराइन्छ । यस्तो परीक्षणलाई दुई औँले परीक्षण भनिन्छ । जहाँ पुलिसमा भर्ना हुन आएका महिला उम्मेदवारको यौनांगमा दुई औँला छिराएर योनी जाली च्यातिए नच्यातिएको परीक्षण गरिन्छ ।

इण्डोनेसियामा महिलाको कुमारित्व परीक्षणलाई आधिकारिक रुपमा अनुमति नदिइने भए पनि पुलिसमा भर्नाका क्रममा भने यस्तो परीक्षण एउटा मुख्य मापदण्डको रुपमा रहिआएको अकल्याण्ड विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ ।

महिलाले पुलिसमा भर्ना पाउनका लागि आफुलाई केवल भर्जिन प्रमाणित गरेर पुग्दैन । सुन्दरताका अन्य धेरै मापदण्डहरु पनि पूरा गर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...