News Portal

नेपाली भाषी २१ बर्षीय युवक बने अमेरिकन प्रहरी अधिकृत

हिमालीसंचार संवाददाता/गौतम सागर राई
१४१० पटक

कोलोराडो – भुटानी मूलका नेपाली रघु धौराली २१ वर्षको उमेरमा प्रहरी अधिकृत बनेका छन् । उनी अरोरा कोलोराडोमा प्रहरी अधिकृत बन्ने सबैभन्दा कम उमेरका नेपाली भाषी भुटानी हुन् ।

नेपालमा जन्मिएर अमेरिका बसाइ सरेका रघु कडा संधर्ष र दृढ सङ्कल्पका कारण प्रहरी अधिकृत बन्न सकेका हुन् । उनले सुरुमा अरोरा प्रहरीमा प्रहरी एक्स्प्लोरका रूपमा आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि प्रहरी अधिकृत बन्नका लागि आवश्यक विभिन्न प्रशिक्षण लगनशीलताका साथ पुरा गरेका थिए । 

भुटानमा परापूर्व कालदेखि बसोबास गरिरहेका नेपाली अल्पसंख्यक र भुटान सरकारबिच भएको राजनीतिक द्वन्द्वका कारण सन् १९९० सालको दशकमा उनको परिवार नेपाल विस्थापित भएको थियो। शिक्षा, स्वास्थ्य र अन्य आधारभूत आवश्यकतासम्मको पहुँच पनि साँघुरो भएका कारण त्यो बेलामा नेपालमा जीवन सहज थिएन । तर, रघु धौरलीको परिवारले उनलाई शिक्षा र लगनशीलताको महत्त्व बुझाए । उज्ज्वल भविष्यका लागि सधैँ उत्प्रेरित गरे ।

समस्याका बाबजुद रघुले इगल क्रेष्ट हाइ स्कुलबाट आफ्नो विद्यालय स्तरको शिक्षा हासिल गरे । त्यसपछि उनले कोलोराडो फिल्म स्कुलबाट छायाङ्कन (सिनेमाटोग्रफी) मा स्नातक तहको अध्ययन पुरा गरे । उनी सानै छाँदादेखि फिल्म छायाङ्कनमा रुचि राख्ने रघुले फिल्म स्कुल जानु अघि नै आफैँ छायाङ्कन सिकेको थिए । उनले छायाङ्कनमा विभिन्न पुरस्कार तथा सम्मान पनि प्राप्त गरेका छन् । साथै, समुदायमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई प्रेसिडेन्सियल सर्भिस अवार्ड समेत प्राप्त गरेका छन्।

रघुको परिवार सन् २०११ का भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिकाको कोलोराडो अरोरा आएका हुन् । आप्रवासीका रूपमा विभिन्न समस्या झेल्नु परे पनि उनी आफ्नो उद्देश्यप्रति कहिल्यै विचलित भएनन्। उनले नयाँ ठाउँमा आएर पनी निरन्तर आफ्नो समुदायमा सहयोग पुर्‍याइ रहेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...