News Portal

माधब पौडेलद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी

हिमालीसंचार संवाददाता
२७७ पटक

कुवेत– आगमी अक्टोबर १७ देखी २० सम्म काठमाण्डौंमा हुन लागेको गैर आवासिय नेपाली संघ (NRNA) को ११ औं विश्व सम्मेलनमा मध्यपूर्व उपसंयोजक (DRC)पदका लागि प्रतिबद्धता जारी कुवेतबाट माधब पौडेलले उम्मेदवारी घोषणा गरेका छन्

 प्रतिबद्धता पत्र

मध्यपुर्वका श्रमजीवी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनए अभियान्ता ज्युहरु,पत्रकार बुद्धिजीवी, खेलाडी कलाकार तथा समाजसेवी ज्युहरु  म माधब पौडेल, गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा मध्यपुर्व क्षेत्रीय उपसंयोजक पदको उम्मेदवार,सन् २०११ देखि म एनआरएनए अभियानमा सक्रिय छू । मध्यपुर्वमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुको दुःख सुखमा निरन्तर साथ दिदै आइरहेको छु।

म गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा सदस्य देखि बिभिन्न पदहरुमा कार्य सम्पादन गर्दै कार्यकाल  २०२१/२०२३ मा आईसिसि सदस्य रहेर काम गर्दै आएको छु । २००९ देखि आजको दिन सम्म म प्रत्यक्ष न्युन ज्यालादारीमा काम गर्ने दक्ष, अदक्ष तथा श्रमजीवी वर्गहरु संग कार्य गर्दै आएको छु । मलाई श्रमिकहरुको समस्याहरु कस्ता हुन्छन् र समाधानका उपायहरु के के हुन सक्छन् भन्ने बिषयको पुर्ण जानकारी छ।

मेरो प्रतिबद्धताहरु :- १)मघ्यपुर्वको राष्ट्रहरुमा दोहोरो श्रम सम्झौता नहुनाले अन्तर्राष्ट्रिय श्रम बजारको मुल्य प्राप्त गर्न बाट श्रमिकहरु बन्चित छन् मेरो प्रमुख कार्य भनेको सरोकारवाला हरुको ढोका ढकढक्याउने र दोहोरो श्रम सम्झौता गराउन पहल गर्ने हुनेछ । २)सरकारले स्थापना गरेको सामाजिक सुरक्षा कोषमा धेरै भन्दा धेरै श्रमिकहरुलाई आवद्ध गराउन जनचेतना अभियान चलाउने छु । ३)नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न संभावना भएका राष्ट्रहरुमा नेपाललाई परिचित गराउने खालका कार्यक्रमहरुको आयोजना गर्न राष्ट्रिय समन्वय परिषदहरु संग समन्वय गर्ने छु।

४)श्रमिकहरुलाई सामुहिक लगानी गर्न र आय श्रोत वृद्धि गराउन अभिप्रेरित गर्ने छु । ५)हाल सरकारले बन्द गरेको घरेलु महिला कामदारहरु र घरेलु चालकहरु पुर्ण रुपमा बन्द भए झै देखिए पनि सारमा कुनै असर नदेखिएको र अबैध तरिकाले आएकाले धेरै दुःख पाएको हुनाले, कि दुई देश बिचको सहमतिमा भिसा निस्कासनमा नै रोक लगाउन पहल गर्ने  कि त पुन श्रम स्विकृत गरेर नयाँ शिराबाट फेरि सम्बन्धित देशहरुमा घरेलु कामदारहरु रोजगारीको लागि पठाउन पहल गर्ने छु ।

६)मध्यपुर्वमा हुने खेलकुद संचालन गर्न रेफ्रि र लाईन्समेनहरुलाई दक्ष बनाउनको लागि एन्फा तथा भलिबल संघ संग समन्वय गरेर प्रशिक्षकहरु बोलाएर प्रशिक्षणको ब्यस्थापनको लागि पहल गर्ने छु। तसर्थ मेरो मध्षपुर्वमा श्रमिकहरु संग काम गरेको लामो अनुभव र राहत तथा उद्दारमा मैले देखाएको सक्रियता, बिभिन्न सामाजिक संघ संस्थामा गरेको नेतृत्व  र एनआरएनए अभियानका काम गरेको लामो अनुभव नै मेरो जितको आघार हो भन्ने आत्माविश्वास बोकेर हजुर हरुको अमुल्य मत मलाई दिनु हुनेछ भन्नेमा ढुक्क छु ।

जय एनआएनए ,जय मध्यपुर्व माधव पौडेल मध्यपुर्व क्षेत्रीय उप संयोजक उम्मेद्वार (२०२३/२०२५) वाट्एप्स /भाईबर : +96560061765 फेसकुक :माधब पौडेल असल यात्री ईमेल : [email protected] सम्पर्क :+9779749833994

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...