News Portal

  • माधब पौडेलद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी

    हिमालीसंचार संवाददाता
    १२१ पटक

    कुवेत– आगमी अक्टोबर १७ देखी २० सम्म काठमाण्डौंमा हुन लागेको गैर आवासिय नेपाली संघ (NRNA) को ११ औं विश्व सम्मेलनमा मध्यपूर्व उपसंयोजक (DRC)पदका लागि प्रतिबद्धता जारी कुवेतबाट माधब पौडेलले उम्मेदवारी घोषणा गरेका छन्

     प्रतिबद्धता पत्र

    मध्यपुर्वका श्रमजीवी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनए अभियान्ता ज्युहरु,पत्रकार बुद्धिजीवी, खेलाडी कलाकार तथा समाजसेवी ज्युहरु  म माधब पौडेल, गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा मध्यपुर्व क्षेत्रीय उपसंयोजक पदको उम्मेदवार,सन् २०११ देखि म एनआरएनए अभियानमा सक्रिय छू । मध्यपुर्वमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुको दुःख सुखमा निरन्तर साथ दिदै आइरहेको छु।

    म गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा सदस्य देखि बिभिन्न पदहरुमा कार्य सम्पादन गर्दै कार्यकाल  २०२१/२०२३ मा आईसिसि सदस्य रहेर काम गर्दै आएको छु । २००९ देखि आजको दिन सम्म म प्रत्यक्ष न्युन ज्यालादारीमा काम गर्ने दक्ष, अदक्ष तथा श्रमजीवी वर्गहरु संग कार्य गर्दै आएको छु । मलाई श्रमिकहरुको समस्याहरु कस्ता हुन्छन् र समाधानका उपायहरु के के हुन सक्छन् भन्ने बिषयको पुर्ण जानकारी छ।

    मेरो प्रतिबद्धताहरु :- १)मघ्यपुर्वको राष्ट्रहरुमा दोहोरो श्रम सम्झौता नहुनाले अन्तर्राष्ट्रिय श्रम बजारको मुल्य प्राप्त गर्न बाट श्रमिकहरु बन्चित छन् मेरो प्रमुख कार्य भनेको सरोकारवाला हरुको ढोका ढकढक्याउने र दोहोरो श्रम सम्झौता गराउन पहल गर्ने हुनेछ । २)सरकारले स्थापना गरेको सामाजिक सुरक्षा कोषमा धेरै भन्दा धेरै श्रमिकहरुलाई आवद्ध गराउन जनचेतना अभियान चलाउने छु । ३)नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न संभावना भएका राष्ट्रहरुमा नेपाललाई परिचित गराउने खालका कार्यक्रमहरुको आयोजना गर्न राष्ट्रिय समन्वय परिषदहरु संग समन्वय गर्ने छु।

    ४)श्रमिकहरुलाई सामुहिक लगानी गर्न र आय श्रोत वृद्धि गराउन अभिप्रेरित गर्ने छु । ५)हाल सरकारले बन्द गरेको घरेलु महिला कामदारहरु र घरेलु चालकहरु पुर्ण रुपमा बन्द भए झै देखिए पनि सारमा कुनै असर नदेखिएको र अबैध तरिकाले आएकाले धेरै दुःख पाएको हुनाले, कि दुई देश बिचको सहमतिमा भिसा निस्कासनमा नै रोक लगाउन पहल गर्ने  कि त पुन श्रम स्विकृत गरेर नयाँ शिराबाट फेरि सम्बन्धित देशहरुमा घरेलु कामदारहरु रोजगारीको लागि पठाउन पहल गर्ने छु ।

    ६)मध्यपुर्वमा हुने खेलकुद संचालन गर्न रेफ्रि र लाईन्समेनहरुलाई दक्ष बनाउनको लागि एन्फा तथा भलिबल संघ संग समन्वय गरेर प्रशिक्षकहरु बोलाएर प्रशिक्षणको ब्यस्थापनको लागि पहल गर्ने छु। तसर्थ मेरो मध्षपुर्वमा श्रमिकहरु संग काम गरेको लामो अनुभव र राहत तथा उद्दारमा मैले देखाएको सक्रियता, बिभिन्न सामाजिक संघ संस्थामा गरेको नेतृत्व  र एनआरएनए अभियानका काम गरेको लामो अनुभव नै मेरो जितको आघार हो भन्ने आत्माविश्वास बोकेर हजुर हरुको अमुल्य मत मलाई दिनु हुनेछ भन्नेमा ढुक्क छु ।

    जय एनआएनए ,जय मध्यपुर्व माधव पौडेल मध्यपुर्व क्षेत्रीय उप संयोजक उम्मेद्वार (२०२३/२०२५) वाट्एप्स /भाईबर : +96560061765 फेसकुक :माधब पौडेल असल यात्री ईमेल : [email protected] सम्पर्क :+9779749833994

     

     

     

    प्रतिकृया दिनुहोस्

    महिलातर्फ धरान मेघा र आइएसए र पुरुषतर्फ यलम्वर र इमोर्टल उपाधिका लागि भिड्ने (फोटो फिचर)

    जेठ-३, बिहीबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा महिलातर्फ धरान मेघा कलेज र...

    मोरङको रंगेली स्थित आमतोलामा भिषण आगलागी, ठुलो धनराशीको क्षती

    जेष्ठ-३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-३ स्थित आमतोला चोक नजिकैमा रहेको फर्निचर र ग्यारेजमा गए...

    मोरङको रंगेली स्थित भेडुवाथानको रिटेरिङ वाल भत्कियो

    जेष्ठ-३, बिहीबार/मोरङ –  मोरङको रङ्गेली डाँइनिया सडक खण्ड अन्तर्गत  सुनबर्षी नगरपालिका-९  स्थित भेडुवा थान नजिकै...

    प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे

    काठमाडौँ। एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षी दललाई जिस्क्याएर वा होच्याएर संसद् चल्न...

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal