News Portal

लोकप्रिय कवियत्रि सकुन ज्ञवालीको “खबरमा छु प्रिय” लोकार्पण

हिमालीसंचार संवाददाता
३४० पटक

अमेरिका। परदेशमा रहेर पनि आफ्नो लेखन यात्रालाई अगाडि बढाउदै लोकप्रिय कवियत्रि तथा मुक्तककार शकुन ज्ञवालीद्वारा लिखित पछिल्लो नविनतम् सुन्दर मुक्तक संग्रह “खबरमा छु प्रिय” २३ सेप्टेम्बर २०२३ का दिन एक भव्य समारोहकाबीच अमेरिकामा विमोचन गरिएको छ।

९ पृष्ठमा आवरण र विवरण, ३६ पृष्ठमा विभिन्न व्यक्तिका भूमिका, ६ पृष्ठमा मुक्तककार स्वयमको लेखकीय र ९१ पृष्ठमा १८२ वटा मुक्तक समाविष्ट उक्त संग्रह विमोचित समारोह, अमेरिकामा आएका नेपाली साहित्यकार, साहित्यिक अनुरागीहरूलाई हृदयपुर्वक खोलेर माया र सहयोग गर्ने साहित्यकार, कानुनविद् विनोद रोकाको प्रमुख आतिथ्य र अ.ने.सा.स. न्यूयोर्क च्याप्टरका अध्यक्ष राजन महर्जनको सभापतित्वमा भएको थियो।

कार्यक्रम सञ्चालनको शुरूवात जानुका वस्ति ढकालले गरेका थिए भने स्वागत मन्तव्य दिंदै लक्ष्मी श्रेष्ठले कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएकी थिईन्।

कवि रश्मी भट्टले विमोचित कृतिको समिक्षा गरेका थिए भने, विभिन्न राज्यबाट कार्यक्रममा आगन्तुकहरूको बाक्लो उपस्थितिले थप रौनकता छाएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...