News Portal

कुवेतमा पनि मनाईयो नेपालको संविधान दिवस

हिमालीसंचार संवाददाता
३४९ पटक

कुवेत सिटी, कुवेत। नेपाली राजदूतावास कुवेतको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ।

कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा २० सेप्टेम्बरका दिन कुवेतका परराष्ट्र मामिला सहायक मन्त्री नबिल अल दाखिलको प्रमुख आतिथ्यतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो। प्रथम सचिव प्रेमराज गौतमको संचालन रहेको कार्यक्रममा कुवेत तथा नेपालको राष्ट्रियगान पश्चात् नवौ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा वोल्दै कुवेतका लागि नेपाली कार्यवाहक राजदूत सुजनी रानाले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कुवेत तथा इराकमा कार्यरत नेपाली श्रमिकलगायत सम्पूर्ण नेपालीहरुलाई थप प्रगति समृद्धि तथा उज्ज्वल भविष्यको कामनासहित शुभकामना व्यक्त गरेकी थिइन।

 

साथै, उनले नेपाल र कुवेतको ५१ वर्ष अगाडिदेखि नेपाल र कुवेतबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा द्धिपक्षीय सम्वन्ध दिनानुदिन प्रगाढ हुँदै गइरहेको चर्चा गरेकी थिइन। कुवेतमा झन्डै नब्बे हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत रही कुवेतको लागि महत्वपूर्ण योगदान रहेको चर्चा गरेकी थिइन।

कार्यक्रममा कुवेत सरकारका उच्च पदस्थ अधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक निकायका पदाधिकारीहरु, कुवेतका विभिन्न मिडियाका पत्रकारहरु, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत, व्यवसायी तथा विभिन्न संघ-सस्थाका सिमित प्रतिनिधिहरु, कुवेतमा रहेका नेपाली समुदायका केही व्यक्तिहरुको सहभागिता रहेको थियो। संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...