News Portal

नगरकोटमा अत्याधुनिक टावर बन्ने

हिमाली संचार संवाददाता
५२१ पटक

भक्तपुर– चाँगुनारायण नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण गर्न लागेको साततले अत्याधुनिक दृश्यावलोकन स्तम्भ निर्माणको प्रारम्भिक सर्वेसम्बन्धी कार्यको सम्झौता गरेको छ ।

भ्यू टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणीय अवस्थासम्बन्धी अध्ययन गर्न चीनको एजिलिटी इन्टरनेशनल होल्डिङ् लिमिटेडसँग नगरपालिकाले आज सम्झौता गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

सम्झौताअनुसार दृश्यावलोकन स्तम्भ निर्माण गर्ने स्थानको भू–वनोट अवस्था, प्राकृतिक स्वरुप, ऐतिहासिक तथा सांस्कृतिक महत्वका विषयमा समेत सर्वेक्षण गरिने नगर प्रमुख मिश्रले बताए ।

स्तम्भ निर्माणको सर्वेक्षण गर्न लाग्ने सम्पूर्ण खर्च चिनीयाँ कम्पनी एजिलिटीले व्यहोर्ने गरी सम्झौता गरिएको समेत उनले जानकारी दिए । नगरपालिकाले चाँगुनारायण–६ नगरकोटको २० रोपनी क्षेत्रफलमा करीब रु दुई अर्ब लागतमा निर्माण गर्न लागेको स्मार्ट प्रणालीसहितको अत्याधुनिक भ्यू टावरमा हिमाली तथा प्राकृतिक क्षेत्रको दृश्यावलोकनका साथै घुम्ती रेष्टुरेष्ट, सङ्ग्रहालय, व्यापारिक केन्द्र, पौडी पोखरीको व्यवस्था हुने गरी निर्माण गर्ने तयारी भइरहेको नगर प्रमुख मिश्रले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...