News Portal

नगरकोटमा अत्याधुनिक टावर बन्ने

हिमाली संचार संवाददाता
५४२ पटक

भक्तपुर– चाँगुनारायण नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण गर्न लागेको साततले अत्याधुनिक दृश्यावलोकन स्तम्भ निर्माणको प्रारम्भिक सर्वेसम्बन्धी कार्यको सम्झौता गरेको छ ।

भ्यू टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणीय अवस्थासम्बन्धी अध्ययन गर्न चीनको एजिलिटी इन्टरनेशनल होल्डिङ् लिमिटेडसँग नगरपालिकाले आज सम्झौता गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

सम्झौताअनुसार दृश्यावलोकन स्तम्भ निर्माण गर्ने स्थानको भू–वनोट अवस्था, प्राकृतिक स्वरुप, ऐतिहासिक तथा सांस्कृतिक महत्वका विषयमा समेत सर्वेक्षण गरिने नगर प्रमुख मिश्रले बताए ।

स्तम्भ निर्माणको सर्वेक्षण गर्न लाग्ने सम्पूर्ण खर्च चिनीयाँ कम्पनी एजिलिटीले व्यहोर्ने गरी सम्झौता गरिएको समेत उनले जानकारी दिए । नगरपालिकाले चाँगुनारायण–६ नगरकोटको २० रोपनी क्षेत्रफलमा करीब रु दुई अर्ब लागतमा निर्माण गर्न लागेको स्मार्ट प्रणालीसहितको अत्याधुनिक भ्यू टावरमा हिमाली तथा प्राकृतिक क्षेत्रको दृश्यावलोकनका साथै घुम्ती रेष्टुरेष्ट, सङ्ग्रहालय, व्यापारिक केन्द्र, पौडी पोखरीको व्यवस्था हुने गरी निर्माण गर्ने तयारी भइरहेको नगर प्रमुख मिश्रले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...